समाज

भ्रष्टाचार विरुद्ध जागे रोल्पाका नागरिक समाज

रोल्पा अनलाइन Tuesday, July 23, 2019

रोल्पा । भ्रष्टाचार मौलाउन थालेको भन्दै रोल्पाका नागरिक अगुवाहरु जुरमुराउन थालेका छन् । केहि दिनअभिमात्रै रोल्पामा कार्यरत दुई कर्मचारी घुस रकमसहित अख्तियारको नियन्त्रणमा पुगेको र सरकारी कार्यालयहरु अपारदर्शि र जवाफदेहि बन्न नसकेको भन्दै नागरिक समाज, पत्रकार र अधिकारकर्मीहरु त्यसको विरुद्धमा जागेका हुन् । उनीहरुले हिजो....

पर्यटक तान्न ‘रक गार्डेन’

रोल्पा अनलाइन

रोल्पा । पर्यटकीय क्षेत्र पहिचान गर्ने क्रममा रोल्पामा ढुङ्गे बगैचा अर्थात ‘रक गार्डेन’को अवधारणा ल्याइएको छ । ‘युद्ध’ पर्यटनलाई प्राथमिकतामा राखेर पर्यटन प्रवद्र्धनमा लागेको रोल्पा नगरपालिकाले हालै मात्र रक गार्डेनको नयाँ अवधारणा अघि सारेको छ । नगरपालिकाले ३ नम्बर वडामा पर्ने सात्दोबाटो क्षेत्रमा निर्माण गरेको....

हेलिकप्टर नबसेरै भत्कीयो नगरपालिकाको हेलिप्याड

रोल्पा अनलाइन Saturday, July 20, 2019

रोल्पा । रोल्पा नगरपालिकाले सदरमुकाम लिबाङमा निर्माण गरेको हेलिप्याड एक पटक पनि हेलिकप्टर नबस्दै भत्कीएको छ । गत आर्थिक वर्षमा नगरपालिकाको १५ लाख र उपभोक्ताहरुको एक लाख ९१ हजार लगानीमा निर्माण गरिएको हेलिप्याड निर्माण सम्पन्न भएको एक महिनामै भत्कीएको हो । हेलिकप्टर अवतरण गराउन र....

फैसला कार्यान्वयन वर्ष घोषणामै सीमित

रोल्पा अनलाइन Thursday, July 11, 2019

रोल्पा, असार २६ । सर्बाेच्च अदालतले चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयन वर्षको रुपमा घोषणा गरी देशभरका सबै अदालतहरुलाई फैसला कार्यान्वयनलाई तिब्रता दिन निर्देशन दिएको थियो । तर आर्थिक वर्ष सकिनै लाग्दा समेत अदालतमा फैसला कार्यान्वयको अवस्था भने निराशाजनक रहेको छ । अदालतबाट भएका फैसला कार्यान्वयनमा....

वर्षायाममा पनि काकाकुल होलेरी

रोल्पा अनलाइन

रोल्पा, असार २६ । वर्षायाममा पनि रोल्पाको होलेरीबासीले खानेपानीको चरम समस्या भोग्नु परेको छ । रुन्टीगढी गाउँपालिकाको केन्द्र रहेको होलेरी बजार घारोहीदेखि स्वर्गद्धारी पुग्न र शहीदमार्गको प्रवेशद्धार पनि हो । अन्य सबै सुविधा भएपनि पानीको समस्या भने यहाँको पुस्तौदेखिको समस्या हो । नजिकमा पानीको मुहान....

घर भत्किदा बालिकाको मृत्यु

रोल्पा अनलाइन Tuesday, July 9, 2019

रोल्पा, असार २४ । अबिरल वर्षाका कारण घरको गारो भत्किदा रोल्पाको सुनिल स्मृति गाउँपालिकामा आज एक बालिकाको मुत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँ पञ्चिकोटका जुठे घर्तीको घर भत्किदा उनकी अढाई वर्षिय छोरी समीक्षा घर्तीको ज्यान गएको हो । अभिभावकहरु घर बाहिर काम गरिरहेका....

खानेपानी तथा सरसफाई गुरुयोजना बनाउदै ५ नम्बर प्रदेश

रोल्पा अनलाइन Wednesday, July 3, 2019

रोल्पा, असार १८ । ५ नम्बर प्रदेश सरकारले खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्न गुरु योजना बनाउन लागेको छ । नेपालको संविधानले नै प्रत्येक नागरिकको स्वच्छ खानेपानी तथा सरसफाईमा पहँुचको हक हुनेछ भनेकाले दिगो खानेपानी तथा स्वच्छता सम्बन्धि सेवा दिन एकीकृत तथा गतिशील गुरु योजना....

बजेट नआउँदा विद्यालय भवन अलपत्र

रोल्पा अनलाइन Monday, July 1, 2019

रोल्पा । प्रदेश वा संघ कुन सरकारले हेर्ने भन्ने बारे अन्यौल हुँदा रोल्पाको एउटा विद्यालय भवन अलपत्र परेको छ । २०७४ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालय रोल्पा मार्फत निर्माण कार्य सुरु गरिएको त्रिवेणी गाउँपालिका–३ लिङदुङस्थित सरस्वती माध्यामिक विद्यालयको भवन हाल प्रदेश वा संघ कुन सरकारले....

प्रदेशको बजेटले रोल्पालाई के फाइदा !

रोल्पा अनलाइन Sunday, June 30, 2019

रोल्पा । प्रदेश नम्बर ५ सरकारले रोल्पा जिल्लाका लागि पनि विभिन्न क्षेत्रमा बजेट विनियोजन गरेको छ । जस अन्तरगत रोल्पाको थबाङमा युद्ध संग्राहलय बनाउने, रोल्पा नगरपालिकामा सभाहल बनाउने, पर्यटकिय क्षेत्रसम्म पुग्नका लागि सडक सुधारका योजना, स्मार्ट कृषि गाउँ कार्यक्रमलाई निरन्तरता, मूख्य मन्त्री ग्रामिण विकास कार्यक्रमलाई....

दुई सरकारी कार्यालयको विबादले सडक अलपत्र

माधवकुमार ओली Friday, June 28, 2019

रोल्पा, असार १३ । सडक डिभिजन कार्यालय र डिभिजन वन कार्यालयबीच समन्वय हुन नसक्दा रोल्पाको होलेरी–स्वर्गद्धारी सडक स्तरोन्नती गर्ने काम अलपत्र परेको छ । सडक चौडा गर्दा वन फडानी भएको भन्दै डिभिजन वन कार्यालय रोल्पाले मुद्धा हालेपछि सडक स्तारोन्नतीको काम रोकिएको हो । सडक डिभिजन....