स्थानिय

रोल्पा, प्यूठान बन्द खुल्यो, जनजीवन सहज बन्दै

पहलमान घर्ती Sunday, December 18, 2016

रोल्पा, पुस ३ । ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु टुक्राउने गरि सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा रोल्पा, प्यूठान संयुक्त संघर्ष समितिले आह्वान गरेको ४ दिने बन्द आज बेलुका ५ बजेपछि खुलेको छ । संयुक्त संघर्ष समितिको निर्णय अनुसार गत मंसिर ३० गते....

बन्दले बिचल्लीमा परेका कुसुण्डालाई जिविसको सहयोग

पहलमान घर्ती

  रोल्पा पुस ३ । छोराको नागरिकता बनाउन सदरमुकाम लिबाङ आएका सखी–६ रोल्पाका कमला कुसुण्डालाई जिल्ला विकास समिति रोल्पाले आर्थिक सहयोग गरेको छ । लामो समयको बन्दका कारण आफूसँग भएको पैसा सकिएपछि विचल्लीमा परेका लोपोन्मुख जाती कुसुण्डालाई स्थानीय विकास अधिकारी सुशील वैद्यले नगद ५ हजार....

रोल्पामा संविधान संशोधन प्रस्तावको कविताबाट विरोध

माधवकुमार ओली Saturday, December 17, 2016

रोल्पा, पुस २ । ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु टुक्राउने गरि सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको रोल्पामा पुस २ गते कविताबाट विरोध गरेका छन् । जिल्लाको सर्वदलिय÷सर्वपक्षिय संयुक्त संघर्ष समितिको विरोध कार्यक्रम अन्तरगत आज नेपाली लेखक संघ रोल्पाले गरेको सडक कविता वाचन कार्यक्रममा....

रोल्पामा संशोधन प्रस्तावको थाल बजाएर विरोध

माधवकुमार ओली Friday, December 16, 2016

रोल्पा, पुस १ । ५ नम्वर प्रदेशबाट पहाडी जिल्ला विभाजन गर्ने प्रस्तावको विरोधमा सुरु भएको आन्दोलन रोल्पामा अाज थाल बजाएर विरोध गरिएको छ । रोल्पाको सर्वदलिय तथा सर्वपक्षिय समितिको नेतृत्वमा रोल्पाका महिलाहरुले थाल र चम्चा बजाएर संशोधन वियक विरुद्द ¥याली निकालेका छन् । सरकारले दर्ता....

रोल्पामा प्रहरी र आन्दोलनकारीबीच झडप काँग्रेस रोल्पाका कोषाध्यक्ष तोराबोरा सहित एक दर्जन बढी घाइते (फोटो फिचर सहित)

पहलमान घर्ती Thursday, December 15, 2016

रोल्पा, मंसिर ३० । ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरु टुक्राउन लागेको विरोधमा रोल्पा, प्यूठान संयुक्त संघर्ष समितिले आह्वान गरेको चार दिने बन्दको पहिलो दिन आज रोल्पामा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । आज जिल्ला बन्दको आह्वान गरी शान्तिपूर्ण ¥याली गरिरहेका बन्दकर्तालाई प्रहरीले रोक्न खोजेपछि....

संशोधन प्रस्तावको विरोधमा रोल्पा र प्यूठान जिल्ला बन्द

राेल्पा अनलाइन

रोल्पा मंसिर ३० । ५ नम्वर प्रदेशबाट पहाडी जिल्ला विभाजन संशोसन प्रस्तावको विरोधमा आजबाट रोल्पा र प्यूठान जिल्ला बन्द गरिएको छ । रोल्पा र प्यूठानको संयूक्त सघर्ष समितिले विहानैबाट चोकचोकमा टायर बालेर मान्छेहरुको बाक्लो उपस्थितमा विभिन्न नाराजुलुस गरिरहेका छन् । सरकारले शान्तिपुर्ण रुपमा माग गर्दा....

माडीचौर महोत्सव आगामी माघमा हुने

माधवकुमार ओली Tuesday, December 13, 2016

रोल्पा, मंसिर २८ । मौलिक संस्कृतिको प्रवद्र्धन, खेदकुद विकास, समृद्ध समाज निर्माणको अभियान’ भन्ने मूल नाराका साथ माघेसक्रान्तिको अवसरमा रोल्पाको माडीचौरमा साँस्कृतिक तथा खेदकुद महोत्सव हुने भएको छ । आगामी माघ १ गते देखी ५ गतेसम्म हुने महोत्सवको प्रसार प्रचारका लागि मंगलवार लिबाङमा सञ्चारकर्मीहरुसँग बैठकको....

इटाभट्टामा काम गर्ने मन्मा गाउँमै उद्यमी बनिन्

माधवकुमार ओली Sunday, December 11, 2016

रोल्पा, मंसिर २६ । केहि वर्ष अघि इटाभट्टामा जोखिमपूर्ण काम गर्ने जौलिपोखरी–६ की १७ वर्षीया मन्मा रानालाई आजभोली आफ्नै गाउँमा सिलाई कटाईको कामले व्यस्त छिन् । अझ चाडबाडको बेलामा त उनलाई खाना खाने फूर्सद् समेत हुदैन् । गत दुई वर्ष अघि भक्तपुरको इटाभट्टाबाट उद्धार गरिएकी....

कुनै बेला असहयोग गर्ने प्रहरीकै अगुवाईमा मनाइयो मानवअधिकार दिवस

माधवकुमार ओली Saturday, December 10, 2016

रोल्पा, मंसिर २५ । ‘व्यक्तिको अधिकारका लागि आजैबाट उठौं’, घर–घरमा मानवअधिकार शान्ति र विकासको आधार’ लेखेको प्ले कार्ड बोकेका प्रहरीहरुको एक हुलले विहानै लिबाङ बजार परिक्रमा ग¥यो । त्यो हुलमा थोरै मात्रै मानवअधिकार कर्मी तथा सरोकारवालाहरुको सहभागि थियो भने अधिकांश प्रहरीहरु रहेका थिए । सशस्त्र....

जिल्ला परियोजना सल्लाहकार समिति रोल्पाको बैठक

राेल्पा अनलाइन Thursday, December 8, 2016

रोल्पा, मंसिर २३ । जिल्ला परियोजना सल्लाहकार समिति रोल्पाको बैठक विहिवार जिल्ला विकास समितिको कार्यालय रोल्पामा सम्पन्न भएको छ । वैठकमा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा मानवअधिकार सचेतन केन्द्र हुरेक रोल्पाद्धारा सञ्चालित भविष्यका लागि शिक्षा परियोजना र एकीकृत परियोजनाका बारेमा छलफल गरिएको थियो । १५....