स्थानिय

पर्यटक तान्न ‘रक गार्डेन’

रोल्पा अनलाइन Tuesday, July 23, 2019

रोल्पा । पर्यटकीय क्षेत्र पहिचान गर्ने क्रममा रोल्पामा ढुङ्गे बगैचा अर्थात ‘रक गार्डेन’को अवधारणा ल्याइएको छ । ‘युद्ध’ पर्यटनलाई प्राथमिकतामा राखेर पर्यटन प्रवद्र्धनमा लागेको रोल्पा नगरपालिकाले हालै मात्र रक गार्डेनको नयाँ अवधारणा अघि सारेको छ । नगरपालिकाले ३ नम्बर वडामा पर्ने सात्दोबाटो क्षेत्रमा निर्माण गरेको....

हेलिकप्टर नबसेरै भत्कीयो नगरपालिकाको हेलिप्याड

रोल्पा अनलाइन Saturday, July 20, 2019

रोल्पा । रोल्पा नगरपालिकाले सदरमुकाम लिबाङमा निर्माण गरेको हेलिप्याड एक पटक पनि हेलिकप्टर नबस्दै भत्कीएको छ । गत आर्थिक वर्षमा नगरपालिकाको १५ लाख र उपभोक्ताहरुको एक लाख ९१ हजार लगानीमा निर्माण गरिएको हेलिप्याड निर्माण सम्पन्न भएको एक महिनामै भत्कीएको हो । हेलिकप्टर अवतरण गराउन र....

वर्षायाममा पनि काकाकुल होलेरी

रोल्पा अनलाइन Thursday, July 11, 2019

रोल्पा, असार २६ । वर्षायाममा पनि रोल्पाको होलेरीबासीले खानेपानीको चरम समस्या भोग्नु परेको छ । रुन्टीगढी गाउँपालिकाको केन्द्र रहेको होलेरी बजार घारोहीदेखि स्वर्गद्धारी पुग्न र शहीदमार्गको प्रवेशद्धार पनि हो । अन्य सबै सुविधा भएपनि पानीको समस्या भने यहाँको पुस्तौदेखिको समस्या हो । नजिकमा पानीको मुहान....

घर भत्किदा बालिकाको मृत्यु

रोल्पा अनलाइन Tuesday, July 9, 2019

रोल्पा, असार २४ । अबिरल वर्षाका कारण घरको गारो भत्किदा रोल्पाको सुनिल स्मृति गाउँपालिकामा आज एक बालिकाको मुत्यु भएको छ । सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँ पञ्चिकोटका जुठे घर्तीको घर भत्किदा उनकी अढाई वर्षिय छोरी समीक्षा घर्तीको ज्यान गएको हो । अभिभावकहरु घर बाहिर काम गरिरहेका....

बजेट नआउँदा विद्यालय भवन अलपत्र

रोल्पा अनलाइन Monday, July 1, 2019

रोल्पा । प्रदेश वा संघ कुन सरकारले हेर्ने भन्ने बारे अन्यौल हुँदा रोल्पाको एउटा विद्यालय भवन अलपत्र परेको छ । २०७४ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालय रोल्पा मार्फत निर्माण कार्य सुरु गरिएको त्रिवेणी गाउँपालिका–३ लिङदुङस्थित सरस्वती माध्यामिक विद्यालयको भवन हाल प्रदेश वा संघ कुन सरकारले....

दुई सरकारी कार्यालयको विबादले सडक अलपत्र

माधवकुमार ओली Friday, June 28, 2019

रोल्पा, असार १३ । सडक डिभिजन कार्यालय र डिभिजन वन कार्यालयबीच समन्वय हुन नसक्दा रोल्पाको होलेरी–स्वर्गद्धारी सडक स्तरोन्नती गर्ने काम अलपत्र परेको छ । सडक चौडा गर्दा वन फडानी भएको भन्दै डिभिजन वन कार्यालय रोल्पाले मुद्धा हालेपछि सडक स्तारोन्नतीको काम रोकिएको हो । सडक डिभिजन....

मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्व समीक्षा

रोल्पा अनलाइन Thursday, June 27, 2019

रोल्पा, असार १२ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ । इन्सेक रोल्पाले संकलन गरेको गत ६ महिनामा जिल्लामा भएका मानवअधिकारसँग सम्बन्धित घटनाहरुमाथि छलफल गरिएको छ । इन्सेक प्रतिनिधि माधवकुमार ओलीले प्रस्तुत गरेका १० वटा घटनामाथि छलफल....

नगरपालिकाका कृषकलाई बोयर बोका बितरण

रोल्पा अनलाइन Wednesday, June 26, 2019

रोल्पा, असार ११ । रोल्पा नगरपालिकाले नगरभित्रका कृषकहरुलाई बुधबार ६३ वटा बोयर बोका बितरण गरेको छ । रोल्पा नगरपालिकाका १० वटै वडा भित्र पर्ने साबिकका वडाहरुमा एक एक वटा बोयर बोका बितरण गरिएको हो । उन्नत जातको ७५ प्रतिशतको बयर बोका प्रदान गरिएको हो ।....

शिक्षा क्षेत्रलाई प्राथमिकता दिऔं–मन्त्री केसी

रोल्पा अनलाइन

रोल्पा, असार ११ । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले बजेट विनियोजन गर्दा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन स्थानीय तहलाई सुझाव दिनुभएको छ । रोल्पा नगरपालिकाको पाचौं नगरसभालाई सम्बोधन गर्दै मन्त्री केसीले सडकमा मात्र बजेट हाल्दा अन्य क्षेत्र पछि परेको बताउनुभयो....

लिबाङमा DXN लिडरशिप ट्रेनिङ सम्पन्न

रोल्पा अनलाइन Saturday, June 22, 2019

रोल्पा, असार ७ । बहुउपयोगी स्वाथ्यवद्र्धक सामाग्री उत्पादक कम्पनी तथा एक विश्व, एक बजार प्रणाली (DXN)का बारेमा नेतृत्वदायि तालिम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ । स्मृति इन्टरप्राजेज लिबाङको आयोजनामा भएको उक्त तालिममा DXN मा आवद्ध ३१ भन्दाबढी लिडरहरुको सहभागिता रहेको थियो । तालिममा उत्पादनका....