स्थानिय

विष्फोटक सामाग्री सहित विप्लवका ६ जना पक्राउ

रोल्पा अनलाइन Sunday, November 19, 2017

रोल्पा, मंसिर ३ । बम बनाउन प्रयोग गरिने सामाग्री सहित रोल्पाबाट प्रहरीले आज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाका जिल्ला सदस्य धनबहादुर थापा विश्लेषण सहितका ५ जनालाई सुवर्णावती गाउँपालिका—५ क्वालीगाउँबाट पक्राउ गरेको....

घर्ती र नेता अनन्त रोल्पाबाट काठमाण्डौँ उडे

मानसिंह बिक

रोल्पा, मंसिर ३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको निधनको खवर पाएपछि निवर्तमान सभामुख ओनसरी घर्तीमगर र माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुनमगर रोल्पाबाट काठमाण्डौँ उडान हुनुभएको छ । विहानै खवर पाएपछि एभरेष्ट हेलिकोप्टरबाट उडान....

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

अनलाइनखबर

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।   दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड....

मृत्यु संस्कारमा १० हजार दिने काँग्रेसको प्रतिवद्धता (भिडियो सहित)

रोल्पा अनलाइन Saturday, November 18, 2017

काठमाडौं, मङ्सिर २ । नेपाली काँग्रेसले जन्मिनु अघि कोखमा रहेको बेलादेखि मृत्युसम्मका संस्कारमा राज्यको अनुभुति दिलाउने एकिकृत सामाजिक सुरक्षा अवधारणा अघी सारेको छ। यो अवधारणालाई काँग्रेसले कोखदेखि शोकसम्मको नाम दिएको छ। नेपाली काँग्रेसले आफ्नो घोषणापत्रको सारसंक्षेप यसलाई प्राथमिकताका साथ सार्वजनिक गरेको छ। काँग्रेस प्रचार प्रसार....

सुरक्षा नपाएको राज्यमन्त्रीको गुनासो

रोल्पा अनलाइन

रोल्पा, मंसिर २ । बिहीबार चुनावी अभियानकै क्रममा गाउँ पुगेका सिँचाइ राज्यमन्त्री अमरसिंह पुन सवार गाडीलाई लक्षित गरी घोडागाउँमा बम प्रहार गरिएको थियो । कांग्रेस रोल्पाका सभापतिसमेत रहेका पूर्वसांसद पुनले राज्यको सुरक्षासम्बन्धी बेवास्ताले घटना भएको बताए । राज्यमन्त्री पुन प्रतिनिधिसभाका लागि रोल्पाबाट कांग्रेसका उम्मेदवार पनि....

राप्रपा उम्मेदवार माओवादीमा प्रवेश

रोल्पा अनलाइन Friday, November 17, 2017

रोल्पा : रोल्पामा राप्रपा (प्रजातान्त्रिक) का उम्मेदवार माओवादी केन्द्रमा प्रवेश गरेका छन्। राप्रपाबाट प्रतिनिधि सभाका लागि रोल्पाको निर्वाचन क्षेत्र ‘क’ बाट उम्मेदवारी दिएका वीरसिंह ठकुरी शुक्रबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। वाम गठबन्धनको संयुक्त आयोजनामा सदरमुकाम लिबाङमा आयोजित चुनावी सभामा उम्मेदवार ठकुरीले उम्मेदवारी र पार्टी परित्याग....

मतदान गर्दैन भन्ने पनि नागरिकको अधिकार हो–प्याकुरेल

रोल्पा अनलाइन

रोल्पा, मंसिर १ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष एवम् बरिष्ठ मानवअधिकारकर्मी सुबोधराज प्याकुरेलले जुनसुकै नागरिकले निर्वाचनमा मतदान गर्दैन भन्ने अधिकार पनि रहेकाले शंकाको भरमा अनावश्यक दुख दिन नहुने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मंसिर १ गते रोल्पाको लिबाङमा आयोजना गरेको....

मानवअधिकारकर्मीहरुद्धारा पक्राउ परेका नेकपाका नेताहरुसँग भेट

रोल्पा अनलाइन

रोल्पा, मंसिर १ । मानवअधिकारकर्मीहरुको एक टोलीले पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुसँग भेट गरेको छ । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानवअधिकार संगठनका महासचिव महामुनिश्वर आचार्य, इन्सेक मध्यपश्चिम क्षेत्रीय संयोजक भोला महत लगायतका मानवअधिकारकर्मीहरुको टोलीले शुक्रवार जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासत कक्षमा पुगी पक्राउ....

माओवादी नेताहरुलाई लक्षित गरी फेरी बम प्रहार

रोल्पा अनलाइन

रोल्पा, मंसिर १ । रोल्पामा माओवादी केन्द्रका नेताहरुलाई लक्षित गरी शुक्रवार बम प्रहार भएको छ । रोल्पाको लिवाङमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न सुलिचौरबाट लिवाङ जाँदै गर्दा लिबाङ नजिकै भदौरे जंगलमा सभामुख ओनसरी घर्तीमगर, नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी....

रेडियो माडी आवाजको उद्घाटन

मनिषा राई

रोल्पा, मंसिर १ । माडी बहुउद्देश्यीय समाज बिकास केन्द्र रोल्पाद्धारा सन्चालित सामुदायिक रेडियो माडी आवाज एफ.एम. ९८.६ मेगाहर्जको आज उद्घाटन गरिएको छ । रोल्पाको माडी गाउँपालिका घर्तीगाउँबाट प्रशारणमा आएको माडी आवाजको माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि पुनले रेडियोको हरेक गतिबिधिमा....