सूचना प्रविधि

४ दिनदेखि फोनसेवा अवरुद्ध

रोल्पा अनलाइन Tuesday, April 11, 2017

रोल्पा, चैत २९ । शुक्रबार परेको चट्यांगका कारण रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा क्षति पुगेपछि रोल्पाको पश्चिमभेगका केहि गाउँ तथा रुकुम, सल्यान, जाजरकोटमा धेरै गाउँमा फोनसेवा अवरुद्ध भएको छ । एनसिएल बाहेकका सबै किसिमको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । रुकुममा....

रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु

रोल्पा अनलाइन Monday, April 3, 2017

रोल्पा, चैत २१ । रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम आजदेखि रोल्पाको लिबाङमा सुरु भएको छ । ५ दिने रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिमको आज एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै अध्यक्ष न्यौपानेले प्रविधिको विकाससँगै....

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाद्धारा प्यूठानको बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग

रोल्पा अनलाइन Thursday, February 2, 2017

प्यूठान, माघ २० । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले प्युठान मर्काबांग स्थित सुन्नानी आधार माध्यामिक बिद्यालयलाई शैक्षिक पाठ्य पुस्तक तथा कम्प्यूटर प्रदान गरेको छ। विद्यालयमा बुधबार श्रीपञ्चमिको अबसरमा स्कूलले आयोजना गरेको पुस्तक तथा कम्प्यूटर ग्रहण तथा जनसम्पर्क समितिको पुस्तक तथा कम्प्यूटर प्रदान कार्यक्रममा आयोजित विशेष....

टुटु बजारको एउटै माग फोन सेवा

माधवकुमार ओली Friday, January 20, 2017

(मिरुल) रोल्पा, माघ ७ । पाल्नो गाउँ विजुली झलमल्ल वर डाँडामा शहीदमार्गमा गाडी सरर बीचमा जिवैखोलाको किनारमा युद्धकाल देखिकै चर्चित टुटु बजार । उस्तै त चमकदार टुटु बजार जिवैखोलाबाट उत्पादन भएको विद्युतले रातमा पनि चकमक्क देखिन्छ तर यो बजारमा एउटै समस्या छ फाेन सेवा नहुनु....

अनलाइन निर्देशिका कार्यान्वयन जटिल बन्दै

राेल्पा अनलाइन Thursday, November 10, 2016

काठमाण्डौँ, कातिक २५ । अनलाइन सञ्चारमाध्यमको दर्ता, नविकरण, सञ्चालन, अनुगमनलाई व्यवस्थित गर्नका लागि ‘अनलाइन निर्देशिका’ ल्याएको पाँच महिना बितिसक्दा समेत कार्यान्वयनमा जटिलता देखिएको छ । ऐन नआउनजेलसम्मका लागि अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्न २०७३ जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरे पनि “सरकारले अनलाइन सञ्चारमाध्यमलाई अङ्कुस....

टेलिकमलाई फोर जीको अनुमति, काठमाडौं र पोखराबाट सञ्चालनमा आउने

राेल्पा अनलाइन Monday, November 7, 2016

काठमाडौं– नेपाल टेलिकमले फोर जी सेवा सञ्चालनको अनुमति पाएको छ। फोर जी सेवा सञ्चालका लागि टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणमा पेश गरेको कार्ययोजनाका आधारमा टेलिकमलाई फोर जी सेवा सञ्चालनको अनुमति दिइएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए। फोर जी सेवा सञ्चालनका लागि टेलिकमले दशैंअघि प्राधिकरणमा कार्ययोजना पेश....

गुगलले आपत्तिजनक सामाग्री हटाउने

राेल्पा अनलाइन

बैंकक–गुगलले थाई राजदरबारको मानहानी गर्ने सामाग्री गुगल खोजीबाट हटाउने प्रस्तावमा सहमति जनाएको छ ।  थाइल्याण्डका उपप्रधानमन्त्री प्राजिन जुन्तोङले इन्टरनेट कम्पनी गुगल र गुगलको सहायक संस्था युट्युबमा खोजी गर्दा भेटिने ‘आपत्तिजनक’ सामाग्री हटाउने  बारेमा शुक्रबार भएको वार्तामा गुगलका प्रतिनिधि त्यस्ता समाग्री हटाउन तयार भएको बताएका छन्....

टेलिकमको वाइम्याक्स ७५ वटै जिल्लामा विस्तार

राेल्पा अनलाइन

कठमाडौं– नेपाल टेलिकमले वाइम्याक्स (वल्र्डवाइड इन्ट्रोपेरबिलिटी फर माइक्रो वेभ एक्सेस) प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवा ७५ वटै जिल्लामा विस्तार गरेको जनाएको छ। मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि नै ७४ वटा जिल्लामा वाइम्यक्स सेवाको पहुूँच विस्तार गरिसकेकोमा २०७३ कात्तिक ७ गतेदेखि हुम्ला....

विद्यार्थीले बनाए आवाज चल्ने प्रविधि

राेल्पा अनलाइन

धनगढी–सात जना विद्याथीले मुखको आवाजको कमाण्डले बत्ति, टिभी, फ्यान अफ र अन हुने प्रविधिको निर्माण गरेका छन्। उनीहरुले बोलीको कमाण्डबाट चल्ने रोबोटसमेत बनाएका छन्। शुक्रबार उनीहरुले आफूले बनाएका प्रविधि पत्रकार सामु प्रस्तुत गरेका छन। घर अगाडि चोर आएमा मोवाइलमा फोन र म्यासेज आउने, मान्छेको उपस्थिति....

आईफोन पाउन युवकले नाम बदलेर आईफोन सेभेन राखे

राेल्पा अनलाइन

आइफोन अमेरिकाको मात्र नभई विश्वकै प्रतिष्ठित ब्रान्डमा पर्छ। त्यसैले यसप्रतिको क्रेज सबैतिर उस्तै देखिन्छ। प्रत्येक पटक नयाँ मोडलको आइफोन आउँदा केही न केही अजीब खबरहरु आउँछन्। कहिले कोही आइफोन किन्न आफ्नो किड्नी बेच्छन्, कोही आफैले जन्माएको बच्चै बेचिदिन्छन्। यो पटक पनि यस्तै रोचक खबर सार्वजनिक....