प्रदेश नम्बर पाँचको नाम लुम्बिनी

राेल्पा अनलाइन Tuesday, October 6, 2020

राेल्पा । प्रदेश नम्बर पाँचको नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई मतले पारित भएको छ ।

प्रदेश सभामा भएको मतदानमा नामाकरण लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९  मत परेको थियो । प्रस्तावको विपक्षमा ४ मत परेको थियो ।

कूल ८७ प्रदेश सभा सदस्यहरु मध्ये आज ८३ सदस्य उपस्थित हुनुहुन्थ्यो ।

प्रदेश सरकारले स्थायी राजधानी र नामाकरणको विषयमा टुंगो लगाउने प्रस्तावहरु माथि आज भएको मतदानसँगै नाम र राजधानीको निधो भएको हो ।

यसअघि प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यकामा राख्ने निर्णय प्रदेश सभाले गरेको थियो ।

 107 total views,  1 views today