प्रदेश ५ को राजधानी भालुबाङ राख्ने प्रस्ताव दुई तिहाईले पारित

राेल्पा अनलाइन Tuesday, October 6, 2020

राेल्पा । प्रदेश नम्बर पाँचको स्थायी राजधानी दाङको भालुबाङ राख्ने प्रस्ताव दुई तिहाईले पारित भएकाे छ । मतदान हुँदा प्रस्तावको पक्षमा दुई तिहाई मत परेको थियो । प्रस्तावको पक्षमा ६९  मत परेको छ ।

यसअघि दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ । यही असोज १६ गते शुक्रबार प्रदेश सरकारका तर्फबाट स्थायी राजधानी दाङको देउखुरी उपत्यका र नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेश भएको थियो ।

 252 total views,  2 views today