प्रधानाध्यापक बुढाले प्रयोग गरेको शब्द प्रति महासंघको ध्यानाकर्षण

राेल्पा अनलाइन Monday, October 5, 2020

रोल्पा, असोज १९ । रेडियो पल्लबीमा प्रशारित समाचारको विषयलाई लिएर त्रिवेणी गाउँपालिका ७ स्थित विरेन्द्र मावि गाङका प्रधानाध्यापक वर्मन बुढाले पत्रकारमाथि सामाजिक सञ्जाल फेसबुकमा प्रयोग गरेको शब्दप्रति नेपाल पत्रकार महासंघ रोल्पाको ध्यानाकर्षण भएको छ ।

महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेद्धारा जारी विज्ञप्तिमा प्रधानाध्यापक बुढाले प्रयोग गरेको शब्दले पत्रकारमाथि अपमान गरिएको भन्दै समाचारको विषयमा चित्त नबुझे सम्बन्धित निकायमा उजुर गर्न सकिने कानुनी व्यवस्था हुदाहुदै सामाजिक सञ्जालमा प्रयोग गरिएको शब्द पदीय हिसावले युक्तिसँगत नभएको विज्ञप्तिमा जनाइएको छ ।
साथै प्रेसको स्वतन्त्रता र पत्रकारको सुरक्षाका विषयलाई गम्भीरताका साथ लिन सम्बन्धित सबैमा पत्रकार महासंघले आग्रह समेत गरेको छ ।

प्रधानाध्यापक बुढाले केहिदिन अघि रेडियो पल्लवीमा प्रशारित समाचारको विषयलाई लिएर फेसबुकमा ‘पत्रकार भनाउदाहरुले जे गर्न नि छुट छ, हा बजिया ? लेख्नुभएको थियो ।

 596 total views,  2 views today