गाडीसहित लागुऔषध कारोबार गर्ने गिरोह पक्राउ

राेल्पा अनलाइन Saturday, October 3, 2020

रोल्पा, असोज १७ । रोल्पामा आज एउटा स्कार्पियो गाडीसहित लागुऔषध कारोबार गर्ने गिरोह पक्राउ परेको छ । जिल्लाको सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीबाट प्रहरीले ८ किलो ३०० ग्राम अफिमसहित ५ जना र गाडी नियन्त्रमा लिएको हो ।

रोल्पाको सुलिचौरबाट दाङ जादै गरेको बा १५ च ३७७६ नम्बरको स्कार्पियो गाडि आज बेलुका ६ बजेतिर खुङ्ग्री चेकपोष्टमा चेकजाँच गर्दा उक्त परिमाणको लागुऔषध अफिमसहित गाडिमा सवार ३ महिला र चालकसहित २ पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।


पक्राउ पर्नेहरुमा रुकुमपूर्व भूमे गाउँपालिका–४ का ३७ वर्षीया ज्योती घर्ती, सोही ठाउँकै ३० वर्षीया निसा पुन, दाङ हारपुर गाउँपालिका–६ रवानाका ४५ वर्षीया दिलप्रभा बुढा, सुर्खेत गुर्बाकोट नगरपालिका–९ चिसापानीका ३३ वर्षका मोतीलाल परियार र गाडी चालक रोल्पा सुनछहारी गाउँपालिका–१ सेरम घरभई हाल दाङ घोराई उपमहा नरपालिका–४ राप्तीटोल बस्ने ३५ वर्षका याम बहादुर घर्तीमगर रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
केहि दिनअघि मात्रै रोल्पा प्रहरीले थबाङबाट ९ किलो अफिमसहित २ महिलालाई पक्राउ गरेको थियो ।

 1,159 total views,  2 views today