चार्जमा रहेकाे मोबाईल चलाउदा करेन्ट लागेर मृत्यु

राेल्पा अनलाइन Thursday, October 1, 2020

रोल्पा, असोज १५ । चार्जमा राखेको मोबाइल चलाउदा करेन्ट लागेर रोल्पामा आज एक जनाको मृत्यु भएको छ ।


सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षका भरत नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।
मोबाईल चार्जमा राखी भिडियो हेर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री प्यूठान लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

 544 total views,  1 views today