९ किलो अफिमसहित दुई महिला पक्राउ

राेल्पा अनलाइन Tuesday, September 22, 2020

रोल्पा, असोज ६ । रोल्पाको थबाङबाट प्रहरीले ९ किलो लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ । थबाङ गाउँपालिका–२ छेर्लाबाङमा लागुऔषध ओसार पसार भईरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी निरीक्षक शंकर खड्काको नेतृत्वमा खटेको टोलीले थबाङ गाउँपालिका–२ ठूलोगाउँ निवासी ३६ वर्षकी बिनज्योती रोका र सोही ठाउँकै ४५ वर्षकी मुली झाँक्रीलाई ९ किलो ८२ ग्राम अफिमसहित पक्राउँ गरेको प्रहरीले जनाएको छ ।


झोला बोकेर बाटोमा हिडिरहेको बेला शंकास्पद् देखेर चेकजाँच गर्ने क्रममा रोकाको झोलामा ४ किलो ९ सय ग्राम र झाँक्रीको झोलामा ४ किलो ८ सय ग्राम अफिम भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो । यस्तै उनीहरुको साथबाट तराजु थान १, पाँच रुपैयाँको भारु सिक्का थान १, पचास पैसाको नेपाल सरकार लेखेको सिक्का थान ८, पच्चिस पैसाको नेपाल सरकार लेखेको सिक्का थान १, पाँच सय ग्रामको फलामको ढक थान १ पनि बरामद् गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान गरी जिल्ला अदालत रोल्पामा लागुऔषध कारोबार विरुद्धको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

 484 total views,  2 views today