थबाङमा स्वास्थ्यकर्मी र प्रहरीलाई कोरोना संक्रमण

राेल्पा अनलाइन Thursday, September 17, 2020

रोल्पा । रोल्पाको थबाङमा कार्यरत एक जना स्वास्थ्यकर्मी र एक जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।


गाउँपालिकाको ३ र ४ नम्बर वडामा कार्यरत स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना देखिएको गाउँपालिका स्वास्थ्य संयोजक तुल बहादुर पुनले जानकारी दिनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गाउँपालिकाबाट जम्मा १ सय ७ जनाको स्वाव संकलन गत पठाएकोमा हालसम्म १६ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।
कोरोना रिर्पोट पोजेटिभ आएका दुबै जनालाई लिबाङ स्थित अस्थायी आइसोलेसन केन्द्रमा पठाउने तयारी भइरहेको थबाङ गाउँपालिका अध्यक्ष बीर बहादुर घर्तीले बताउनुभयो । ‘उहाँहरुको स्वास्थ्य सामान्य छ । पिसिआरमा पोजेटिभ आउन वितिक्कै आतिनुपर्र्ने अवस्था छैन । थबाङका सबै जनसमुदायलाई आआफ्नोे ठाउँमा सर्तकता अपनाउन अनुरोध गर्दछु’ अध्यक्ष घर्तीले भन्नुभयो ।

कोरोना भाइरस संक्रमण देखिएको क्षेत्रमा आजैदेखि कन्ट्रयाक ट्रेसिङको काम गरिने समेत अध्यक्ष घर्तीले जानकारी दिनुभएको छ ।

 108 total views,  2 views today