लामो दूरीका बस सञ्चालन हुदैं, रोल्पामा यस्तो छ तयारी

राेल्पा अनलाइन Wednesday, September 16, 2020

रोल्पा । सरकारले असोज १ गतेदेखि देशभर लामोदूरीका गाडी सञ्चालन गर्ने निर्णय गरेसँगै बस सेवा सञ्चालनको तयारीमा यातायात व्यवसायीहरु लागेका छन् ।


असोज १ गते नै विश्वकर्मा पुजा पनि भएकाले सबै यातायातका साधनहरुको पुजापाठ गरी भोलीदेखि सबै जिल्लामा बस छुट्ने यातायात व्यवसायीहरुले बताएका छन् । रोल्पा जिल्लाबाट काठमाण्डाै, नेपालगञ्ज, दाङ लगायत यसअघि छुट्ने सबै रुटहरुमा बस छट्ने भएका छन् । त्यसका लागि पहिलाे दिन नम्बर परेका गाडीहरु सरसफाई गरी सफाचट्ट पारी नम्बरमा छोड्ने तयारी भइरहेको रोल्पा जलजला यातायात प्रालिका प्रशासनीक इन्चार्ज यज्ञश्वर आचार्यले जानकारी दिनुभयो । बस सेवा सुरु हुने भएपछि गत ६ महिनादखि बन्द टिकट काउन्टर पनि खुलेकाे छ ।

स्वास्थ्य मापदण्डको पालना गर्दै ५० प्रतिशत मात्र यात्रु राखी ५० प्रतिशतसम्म भाडा बृद्ध गरी यात्रु ओसारपसार गर्ने सरकारको परिपत्र अनुसार बस सञ्चालन हुन लागेको हो । लक डाउन भएसँगै बन्द भएका लामाे दूरीकाे बस सेवा सुरु हुन थालेकाेमा यातायात व्यवसायीहरु खुसी भएपनि यात्रु पाउन भने मुस्किल पर्ने देखिएकाे छ ।

 1,165 total views,  2 views today