कार्यपालिका सदस्य सुनारको धम्की : गाउँ आउलास्

राेल्पा अनलाइन Monday, September 14, 2020

रोल्पा, भदौ २९ । रोल्पा नगर कार्यपालिका सदस्य लिलाराम सुनारले विदेशमा रहेका छिमेकीहरुलाई धम्की दिने गरेका छन् । रोल्पा नपा–३ मेलधाराकी मनसरा विकको सहयोगका लागि विदेशमा सहयोग संकलन अभियान चलाइरहेका छिमेकीहरुलाई आफ्नो अनुमति विना अभियान सञ्चालन गरेको भन्दै सुनारले धम्की दिएको पीडितहरुले बताएका छन् ।

राेल्पा नगर कार्यपालिका सदस्य लिलाराम सुनार

मनसराको श्रीमान दिल बहादुर सुनारको बैदेशिक रोजगारीका क्रममा भारतको गुजरात गान्धीधाममा गत महिनामा मृत्यु भएको थियो । श्रीमान गुमाएका मनसराको आर्थिक अवस्था कमजोर भएको र उनको घरपनि आधा भत्कीएको हुँदा उनको घर निर्माण गर्नका लागि सहयोग अभियान सञ्चालन गरिएको हो । तर दलित एकता समाज रोल्पाको समूहबाट सहयोग सञ्चालन अभियान चलाउदा नगर कार्यपालिका सदस्य सुनारले स्थानीय सरकारको अनुमति विना किन यस्तो काम गरेको । नेपाल आएपछि जे पनि हुन सक्छ भन्दै धम्की दिएको उक्त सहयोग संकलन अभियानका एक जना सदस्य देवीराम नेपाली बताउनुभयो ।

यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको अभियन्ताहरुको भनाई छ । प्रशासनले सहयोग संकलन अभियान निर्बाध रुपमा सञ्चालन गर्नु भनेकाले अभियान जारी रहेको छ । सहयोग संकलन अभियानमा १७ जनाभन्दा धेरै प्रवासी रोल्पालीहरु रहेका छन् ।

सहयोग अभियान अन्तर्गत मनसराको घर निर्माणका लागि करिब ७० हजार संकलन भएको अभियन्ताहरुले जनाएका छन् ।

सुनारले दिएको धम्की सुन्नुहोस :-

 2,644 total views,  9 views today