होलेरीमा एकैदिन ८ जनामा देखियो कोरोना

राेल्पा अनलाइन Sunday, September 13, 2020

रोल्पा, भदौ २८ । रोल्पाको होलेरी बजारमा एकैदिन ८ जनामा कोरोना संक्रमण देखिएको छ ।


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार भएको परिक्षणमा हालेरी बजारको एक चिया पसले, एक जना प्रहरी, एक बैंकका कर्मचारीसहित बाहिरबाट आएका क्वारेन्टाइनमा रहेका ५ जनालाई कोरोना पुष्टी भएको हो । संक्रमित प्रहरी बाहिरबाट सरुवा भई आएका हुन भने बैंकका कर्मचारी दाङ जाने–आउने गरेको र चिया पसले पनि बजार खुला भएका कारण संक्रमण देखिएको बताइएको छ ।

होलेरी क्षेत्रमा पहिलो पटक यतिधेरै संख्यामा कोरोना देखिएको हो । चिया पसलेलाई समेत कोरोना देखिएकाले हालेरी क्षेत्रलाई लक डाउन गरी परिक्षणको दायरा बढाइने प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले जानकारी दिनुभयो । ‘रुन्टिगढी गाउँपालिकासँगको सहकार्यमा जिल्ला कोरोना संकट व्यवस्थापन समितिले लक डाउन गर्ने निर्णय गरी कन्ट्रयाक ट्रेसिङको काम गर्छौ’ प्रमुख जिल्ला अधिकारी रानाले भन्नुभयो ।

 1,089 total views,  1 views today