चिरपट प्रहार गरी हत्या

राेल्पा अनलाइन Thursday, August 27, 2020

रोल्पा, भदौ ११ । रोल्पाको परिवर्तन गाउँपालिकामा चिरपट प्रहार गरी एक जना पुरुषको हत्या भएको छ ।

परिवर्तन गाउँपालिका–३ बादीडेराका ४४ वर्षका रामचरण बादीले चिरपट प्रहार गरी सोही ठाउँ बस्ने ४० वर्षका मन बहादुर बादीको हत्या गरेका हुन् । आज राती २ बजे ढोका ढक्ढकाएपछि ढोका खोलेर किन बोलाएको भनेर सोध्ने क्रममा रामचरणले एक्कासी टाउकोमा चिरपट प्रहारी गरी मनबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि रोल्पा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रामचरणलाई राती नै पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो । उनको मानसिक अवस्था ठिक नभएकोे पनि प्रहरीले जनाएको छ ।

 170 total views,  1 views today