पश्चिम रोल्पामा क्लब दर्ता गर्ने क्रम बढ्दो

राेल्पा अनलाइन Sunday, August 23, 2020


रोल्पा, भदौ ७ । विगतमा संस्था दर्ता बिना नै कार्यक्रम सञ्चालन गर्दै आएका कतिपय युवा क्लवहरु पछिल्लो समय औपचारिक रुपमा दर्ता हुन थालेका छन । जिल्ला प्रशासन कार्यालय रोल्पामा पश्चिम रोल्पाका दुई वटा क्लव दर्ता भएका छन ।
माडी–३ दाङबाङका राज कुमार घर्तीमगरको अध्यक्षयतामा १३ सदस्यीय ‘‘समृद्धि युवा क्लव माडी–३ दाङबाङ रोल्पा’’ दर्ता गरिएको छ । क्लवको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः तिर्सना घर्ती, सर्जन विक, सिता बुढा (घर्तीमगर) र विजय घर्तीमगर रहनु भएको छ । सदस्यमा उदेश रानामगर, राजेश बाँठामगर, समिर घर्ती, हरिप्रकाश घर्तीमगर, विपिन घर्तीमगर, मुक्तिकिरण घर्तीमगर, महेश कुमार बुढामगर र उर्मिला घर्तीमगर रहनु भएको छ ।
त्यस्तै क्लबका सल्लाहाकारमा नेपाल राष्ट्रिय मावि तालाबाङका प्रधानाध्यापक चन्द्र बहादुर घर्तीमगर, पत्रकार हिरा बहादुर घर्तीमगर, माडी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दल बहादुर घर्ती, नेकपा माडी गापा वडा नं. ३ का अध्यक्ष बल बहादुर बुढा, बुद्धिजीवि तथा खेल प्रशिक्षक बल बहादुर घर्ती, शिक्षकहरु खर्क बहादुर बुढामगर र बल बहादुर घर्तीमगर रहनु भएको छ ।
‘‘समृद्ध नेपालका लागि युवा अभियान’’ क्लवको मुख्य नारा रहेको अध्यक्ष राज कुमार घर्तीमगरले जानकारी दिनु भयो । अध्यक्ष घर्तीमगरका अनुसार क्लवका उद्देश्यहरुमा समृद्ध नेपाल निर्माणमा क्लवलाई सक्रिय गराउने, युवालाई व्यवसायमा लाग्न प्रोत्साहन गर्ने, युवालाई प्रत्यक्ष लाभ हुने खेलकुदको आयोजना गर्ने, सडक नाटक, साँस्कृतिक कार्यक्रम, महोत्सव सञ्चालन गर्ने, युवा ज्ञान केन्द्रको विकास गर्ने, दिगो शान्ति, सुशासन प्रवद्र्धन, जैविक विविधता, वातावरण संरक्षण, जलवायु परिवर्तन, भौतिक पूर्वाधार, बैकल्पिक उर्जा प्रवद्र्धन, सामाजिक जवाफदेहीता, खाद्य सुरक्षा, पोषण, विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्ने, सामुदायिक एफएम, टेलिभिजन सञ्चालन गर्ने लगायतका रहेका छन ।
त्यस्तै परिवर्तन गाउँपालिका वडा नं. ६ ओबाङमा पनि क्लव दर्ता गरिएको छ । ‘‘पालैपालो विकासमा हातेमालो’’ मुख्य नाराका साथ क्लव दर्ता गरिएको हो । स्थानिय युवा सूर्य घर्तिको अध्यक्षयतामा १३ सदस्यीय उज्यालो ओबाङ युवा क्लव परिवर्तन–६ रोल्पा गठन गरिएको हो ।
क्लवको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः विवेक बुढा मगर, प्रकाश खत्री, भक्तबहादुर पुनमगर र कमला श्रेष्ठ रहनु भएको छ । सदस्यमा प्रेमनारायण श्रेष्ठ, साहिस्ता घर्तीमगर केसी, सपना घर्तीमगर, नारायण बुढामगर, श्यामु विक, उजर सिंह बुढा, पुनाराम घर्ती, र नविना पुनमगर रहनु भएको छ ।
त्यस्तै क्लबका सल्लाहाकारमा पत्रकार रोहित केसी र इन्जिनियर हुकुम बुढामगर रहनु भएको छ । क्लवका संरक्षकमा पूर्व पर्यटन तथा उड्डयन सहायक मन्त्री भीम कुमारी बुढामगर, बुद्धिजीवि कुल प्रसाद श्रेष्ठ लगायत रहनु भएको छ ।
रोल्पाका अधिकाश गाउँमा क्लव दर्ता बिना नै कार्यक्रम सञ्चालन भई रहेका छन । दर्ता बिनाका क्लबले खेलकुद प्रतियोगिता आयोजना गर्ने, सहयोग रकम उठाउने लगायतका कार्य गरी रहेका छन । पछिल्लो समय दर्ता बिनाका क्लवलाई औपचारिक कार्यक्रम गर्न कडाई गरिए पछि क्लव दर्ता गर्ने क्रम बढ्न थालेको आंकलन गरिएको छ ।
जिल्ला प्रशासनका कार्यालयका अनुसार संस्था दर्ता ऐन, २०३४ अनुसार हाल सम्म ३ सय ४६ जिल्लामा वटा संस्था दर्ता भएका छन ।

 549 total views,  1 views today