गंगादेव गाउँपालिकालाई जग्गा प्राप्त गर्न स्वीकृति

राेल्पा अनलाइन Tuesday, August 18, 2020


रोल्पा, भदौ २ । सरकारले गंगादेव गाउँपालिका रोल्पालाई जग्गा प्राप्तीका लागि स्वीकृती दिएको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको आफ्नो प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृती दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले गंगादेव गाउँपालिका सहित देशका ५ वटा स्थानीय तहलाई जग्गा प्राप्तीका लागि स्वीकृती दिने निर्णय भएको जानकारी दिनुभयो ।

 744 total views,  1 views today