प्रयोगविहिन बेलिब्रिज

राेल्पा अनलाइन Tuesday, August 18, 2020


रोल्पा, भदौ २ । रोल्पाको माडिखोलामा पक्की पुल नबन्दा अस्थायी रुपमा जडान गरिएको बेलिब्रिज पक्की पुल बनेको लामो समयसम्म प्रयोगविहिन बनेको छ ।
पक्की पुल नबनेका थुप्रै खोलाहरुमा जडान गर्न सकिने भएपनि बेलिब्रिजको समयमै प्रयोग हुन नसक्दा काम नलाग्ने अवस्थामा पुग्न थालेको हो । मध्यपश्चिम सडक डिभिजन कार्यालय प्यूठानले एक करोड भन्दा धेरैको लागतमा गत ५ वर्ष अघि निर्माण गरेको बेलिब्रिज माडिखोलामा पक्की पुल बनेपछि गत १ वर्षदेखि प्रयोगविहिन बनेको छ ।
उक्त बेलिब्रिजलाई अन्य ठाउँमा जडान गर्ने बारे कहिलेकाँही कुरा उठ्ने गरेको भएता पनि हालसम्म स्थानीय सरकारले कुनै समन्वय नगरेको सडक डिभिजन कार्यालय प्यूठानका इञ्जिनियर हेमन्त आरसीले बताउनुभयो । रोल्पाकै विभिन्न खोलाहरुमा पक्की पुल नबन्दा वर्षायाममा स्थानीयलाई ति सडकहरु ठप्प हुने गरेका छन् ।

 248 total views,  1 views today