लिबाङ–दार्बाेट सडक स्तरोन्नतिमा ढिलाई

रोल्पा अनलाइन Tuesday, August 18, 2020


रोल्पा, भदौ २ । सदरमुकाम लिबाङ–सिमलबाङ हुदैं शहीदमार्गको दार्बाेट जोड्ने सडक स्तरोन्नतिमा ढिलाई भएको छ ।
उक्त सडक खण्डको जम्मा १७ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा २०७४ मा आशिष श्री जयन्ती जेभी काठ्माण्डौंले लिएको थियो । आगामी कात्तिक मसान्तसम्म सम्पन्न गर्ने सम्झौता भएता पनि हालसम्म ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ ।

कुल २१ करोड ६८ लाख १७ हजार रुपैयाँमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले शुरुको १ वर्ष कामै नगरेको र पछिल्लो वर्षदेखि प्राविधिकहरुको अभावका कारण निर्माणमा ढिलाई भएको इञ्जिनियर हेमन्त आरसीले बताउनुभयो । सुरुमा संघिय सरकारले हेर्दै आएको सो सडक पछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । संघबाट प्रदेशलाई बुझाउदा पनि केहि समय कार्यान्वयनमा ढिलाई भएको कार्यालयको भनाई छ ।

यस्तै काममा ढिलाई गर्ने उक्त कम्पनीलाई गत वर्ष १९ लाख जरिवाना गरी चालु आर्थिक वर्षमै सक्ने गरी थोरै समय थप गर्ने तयारी भइरहेको पनि सडक डिभिजन कार्यालय प्यूठानका इञ्जिनियर हेमन्त आरसीले जानकारी दिनुभयो ।

 198 total views,  2 views today