दुई स्वास्थ्य संस्था प्रमाणीकरण

रोल्पा अनलाइन Thursday, September 19, 2019


रोल्पा । किशोरकिशोरी प्रजनन दरलाई घटाउने उद्देश्यले सरकारले सन २००० देखि सुरु गरेको किशोरकिशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा रोल्पामा प्रभावकारी बनेको छ । जिल्लाका २६ वटा स्वास्थ्य संस्थाले यो सेवा प्रदान गर्दै आइरहेकोमा सरकारले प्रभावकारी भएनभएको बारे प्रमाणीकरण गर्दा रोल्पाका ५ वटा स्वास्थ्य संस्था प्रमाणीकरणमा परेको छन् ।


जिल्लाको खुमेल स्वास्थ्य चौकी, लिबाङ स्वास्थ्य चौकी र कोटगाउँ स्वास्थ्य चौकी गत वर्ष नै प्रमाणीकरणमा परेकोमा यस वर्ष हालै मात्र कोर्चाबाङ स्वास्थ्य चौकी र गैरिगाउँ स्वास्थ्य चौकी प्रमाणीकरणमा परेका हुन । यो सेवाबाट किशोरकिशोरीहरको स्वास्थ्य समस्यालाई घटाउन सहयोग पुग्ने परिवार स्वास्थ्य महाशाखाका प्रतिनिधि चेतराज पण्डितको भनाई छ ।
जिल्लामा जटिल समस्याको रुपमा रहेको बाल बिवाहलाई कम गर्नुका साथै उनीहरुलाई पर्ने प्रजनन स्वास्थ्य समस्यामा सुधार आउने जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका परिवार नियोजन अधिकृत गोविन्द प्रसाद श्रेष्ठले बताउनुभयो ।
गाउँकै स्वास्थ्य सस्थामा यो सेवा सुरु भएपछि आफूहरुले किशोरावस्था र प्रजनन स्वास्थ्यका बारेमा ढुक्कसँग बुझ्न पाएको किशोरकिशोरीहरुको अनुभव छ । जिल्लाका २६ वटा स्वास्थ्य संस्थामा उक्त सेवा सञ्चालनका लागि संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपीए)ले पनि सहयोग गर्दै आएको छ ।

325 total views, 1 views today