रोल्पामा खुल्यो एनआईसी एसिया बैंक

Rolpa Online Friday, September 6, 2019

रोल्पा, भदौ १३ । एनआईसी एसिया बैंकको २८९औं शाखा रोल्पाको लिबाङमा खुलेको छ । रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले शुक्रवार बैंकको औपचारिक उद्घाटन गरे ।


बैंकको उद्घाटन गर्दै प्रमुख केसीले जिल्लाको विकास र समृद्धिमा बैंकको महत्वपूर्ण भूमिका रहने बताए । ‘कृषि, उद्योग, व्यवसायमा बैंकले लगानी गर्नु पर्छ’ केसीले भने ‘नाफामूखि मात्र नभई सामाजिक सेवामा पनि बैंकको ध्यान जान जरुरी छ’ । कार्यक्रममा बैंकका प्रदेश प्रमुख तिलकसुन्दर कार्कीले प्रदेशमा ५३ वटा शाखाबाट कार्यक्रक्रम सञ्चालन भइरहेको बताए । नेपालकै सबैभन्दा धैरै पुँजी भएको साथै ऋण लगानी र धेरै शाखा रहेको उल्लेख गरे । बैंकले २५ वटा अधारहरुमध्ये २२ वटा आधारहरु पूरा गरेको भन्दै उनले ५२ वटा एक्सेन्जन रहेको जानकारी दिए । साथै उनले जिल्लाको उद्योग, व्यापार प्रर्वद्धनमा बैंकले लगानी गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य किशोरकुमार आचार्यले बैंक व्यापारी, उद्योगीमैत्री हुनुपर्ने बताए । कार्यक्रमको सञ्चालन प्रदेश कार्यालय घोराहीका उप–प्रमुख दिपक अर्यालले गरेका थिए भने प्रदेश उप–प्रमुख राजन पोख्रेलले स्वागत गरेका थिए । उद्घाटन कार्यक्रममा कुशे औशी (बुवाको मुख) हेर्ने दिनको अवसर परेकाले बैंकले जेष्ठ नागरिक शशि बुढाथोकी, टिकाबहादुर जिसी, सुकबहादुर सेनठकुरी लगायतलाई सम्मान गरेको थियो ।
रोल्पाको सदरमुकाम लिबाङमा यसअघि नेपाल बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमइ बैंक, जनता बैंकले सेवा दिदैँ आएका छन् ।

 195 total views,  1 views today