पहिरोले सडक बगाउँदा यातायात ठप्प

हर्क घर्तीमगर Thursday, August 22, 2019


रोल्पा । वर्षाका कारण पहिरोले सडक बगाउँदा ग्रामिण सडकमा यातायात सेवा ठप्प भएको छ ।
सुलिचौर–फुलिबन सडक खण्डको कसला र पोबाङ नजिकमा ठाउठाउमा पहिरो खसेर बाटो अबरूद्ध हुदा दैनिक चल्ने सार्बजनिक तथा निजि यातायात थप्प छन् ।
सो सडक खण्ड सुनछहरी गाउपालिकाको केन्द्र पोबाङ सँग जोडिएको मुख्य सडक हो मुख्य सडकनै अबरूद्ध हुदा गाउपालिकाको नियमित क्रियाकलापमा प्रभाव परेको छ ।
यस्तै सुलिचौर गाम सडक खण्ड पनि अबरूद्ध भएको छ सुलिचौर गाम सडक खण्डको गुम्चाल राजिपाति तथा हार्जङ छहरेखुङमा धेरै ठाउमा पहिरो खसेका कारण बाटो पुरै बन्द रहेको स्थानियहरूले जानकारि दिएका छन् ।

 758 total views,  2 views today