बोर्डिङको जीप दुुर्घटना हुँदा एकको मृत्युु, १३ घाइते

Rolpa Online Friday, August 16, 2019

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका २ राम्लीमा आज जीप दुुर्घटना हुँदा एक बालिकाको मृत्युभएको छ भने १३ जना घाइते भएका छन् ।
रुन्टीगढी ५ सैवाङमा रहेको सनराइज वोर्डीङ स्कुलको लु १ ज १२६७ नम्बरको जिप विधार्थी लिएर फर्कने क्रममा रुन्टीगढी २ दारेढुङ्मा दुुर्घटना हुँदा रुन्टीगढी २ की ६ वर्षीया बालिका सञ्जीता बस्नेतको घटना स्थलमै मुत्युभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । अन्य १३ जना घाइते विद्यार्थीहरुको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भैरहेको प्रहरीले बताएको छ । उकालोमा व्याक हुदा सडकभन्दा करिब ५० मिटर तल खसेको स्थानीयले बताएका छन् । घाइतेहरुको अवस्था खतरामुक्त रहेको र चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

 586 total views,  1 views today