युवाको सवालमा काम गर्न ५ बुदे प्रतिवद्धता

रोल्पा अनलाइन Tuesday, August 13, 2019


रोल्पा । युवाको सवालमा काम गर्न रोल्पाका सरोकारवालाहरुले ५ बुदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा जिल्लाको सदरमुकाम लिबाङमा आयोजित अन्तरक्रिया कार्यक्रमबाट जनप्रतिनिधि, पत्रकार, युवाका सवालमा काम गर्ने विभिन्न व्यक्ति तथा निकायका प्रतिनिधिहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।

रोल्पा युवा सम्वाद समूह, जिल्ला युवा समिति र जिल्ला युवा सञ्जालको संयुक्त आयोजनामा भएको स्थानीय विकासमा युवाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमबाट जिल्लाका सबै स्थानीय तहमा युवा नीति बनाई कार्यान्वयन गर्न पहल गर्ने, सबै स्थानीय तह र जिल्ला तहमा रोजगार मेला आयोजना गर्न पहल गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी गराउनु पर्ने र स्थानीय तहबाट युवा लक्षित रोजगार कार्यक्रम तय गर्ने, स्थानीय तहका विकास निर्माणका काममा अधिकत्तम युवा सहभागिता गर्ने नीति ल्याउने र युवा सहभागिता नभएको योजना वैध नहुने नीति ल्याउनुपर्ने, र सबै स्थानीय तहले युवालाई प्राविधिक शिक्षा र व्यवसायमूलक शिक्षामा पहँुच हुने नीति कार्यक्रम बनाउनुपर्ने प्रतिवद्धता जनाइएको छ ।

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य कर्मलाल परियार, त्रिवेणी गाउँपालिका–७ का वडाध्यक्ष भानबहादुर घर्ती, परिवर्तन गाउँपालिका–२ का वडाध्यक्ष हरिप्रसाद बुढा, जिल्लाका पत्रकार, युवाका क्षेत्रमा कार्यरत अगुवा र युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा युवाहरुको अवस्था र सम्भावनाका बारेमा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।

हेर्नुहोस प्रतिवद्धतापत्र :-

152 total views, 1 views today