वर्षायाममा पनि काकाकुल होलेरी

रोल्पा अनलाइन Thursday, July 11, 2019


रोल्पा, असार २६ । वर्षायाममा पनि रोल्पाको होलेरीबासीले खानेपानीको चरम समस्या भोग्नु परेको छ ।
रुन्टीगढी गाउँपालिकाको केन्द्र रहेको होलेरी बजार घारोहीदेखि स्वर्गद्धारी पुग्न र शहीदमार्गको प्रवेशद्धार पनि हो । अन्य सबै सुविधा भएपनि पानीको समस्या भने यहाँको पुस्तौदेखिको समस्या हो । नजिकमा पानीको मुहान नभएपछि ५ किलोमिटर टाढाबाट ल्याइएको पानी भर्न दुई दिनसम्म लाइनमा बस्नु यहाँका स्थानीयको नियति नै बनेको छ । दुई दिनसम्म लाइनमा बस्दा १५ मिनेट मात्र पानी भर्न पाउँदा दैनिकी चलाउन समस्या भएपछि ट्याङ्कबाट प्रतिलिटर १ रुपैयाँका दरले किन्नु पर्ने बाध्यता रहेको स्थानीय होटल व्यवसायी रविन्द्र पुनको भनाई छ । ‘पानीको अभावमा यहाँ आउने पर्यटकहरु समेत लामो समय बस्न रुचाउदैनन्’ पुनले भने । स्वर्गद्धारी जाने र रोल्पाको थबाङ हुदैं रुकुमपूर्व जाने दैनिक सयबढी सवारी आवत जावत गर्ने होलेरी बजारमा पछिल्लो समय शहीदमार्ग कालोपत्रे भएदेखि छन सवारीको चाप बढेको छ ।
जनताको सबैभन्दा नजिको सरकार, स्थानीय सरकार चुनिएको दुई वर्ष वितिसक्दा पनि जनताको समस्या भने ज्यूका त्यु रहेका छन् । आफूहरुको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने स्थानीयको माग छ ।

93 total views, 1 views today