घर भत्किदा बालिकाको मृत्यु

रोल्पा अनलाइन Tuesday, July 9, 2019

रोल्पा, असार २४ । अबिरल वर्षाका कारण घरको गारो भत्किदा रोल्पाको सुनिल स्मृति गाउँपालिकामा आज एक बालिकाको मुत्यु भएको छ ।
सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँ पञ्चिकोटका जुठे घर्तीको घर भत्किदा उनकी अढाई वर्षिय छोरी समीक्षा घर्तीको ज्यान गएको हो । अभिभावकहरु घर बाहिर काम गरिरहेका बेला भित्र खेलिरहेकी बालिकाको च्यापिएर मृत्यु भएको अभिभावकहरुले बताएका छन् ।

690 total views, 1 views today