बजेट नआउँदा विद्यालय भवन अलपत्र

रोल्पा अनलाइन Monday, July 1, 2019

रोल्पा । प्रदेश वा संघ कुन सरकारले हेर्ने भन्ने बारे अन्यौल हुँदा रोल्पाको एउटा विद्यालय भवन अलपत्र परेको छ । २०७४ सालमा तत्कालिन जिल्ला शिक्षा कार्यालय रोल्पा मार्फत निर्माण कार्य सुरु गरिएको त्रिवेणी गाउँपालिका–३ लिङदुङस्थित सरस्वती माध्यामिक विद्यालयको भवन हाल प्रदेश वा संघ कुन सरकारले हेर्ने भन्ने कुनै टुङ्गो नहुँदा निर्माणको काम बिचैमा अलपत्र परेको छ ।

३६ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि पहिलो किस्ताको १६ लाख ५० हजार बाहेक बाँकी बजेट नआउदा भवन अलपत्र परेको हो । निर्माणाधिन भवन अलपत्र परेपछि विद्यालयको जिर्ण भवनबाटै पठनपाठन गर्नुको विकल्प नभएको शिक्षकहरुको गुनासो छ । ‘विद्यालयको भवन निर्माण गर्दा एकमुष्ट रकम दिएको भए गत वर्ष नै भवन निर्माण सकिन्थ्यो होला’ निमित्त प्रधानाध्यापक ओमविक्रम घर्तीले भन्नुभयो ‘किस्ता किस्ताबाट रकम आउदा पहिलो किस्ता मात्र आएपछि अहिले बाँकी रकम नै पाएनौं’ ।
पहिलो किस्ता जिल्ला शिक्षा कार्यालयबाटै भुक्तानी लिएकोमा हाल शिक्षा शाखा स्थानीय तहमा गएको भन्दै शिक्षा कार्यालयले बजेट पनि उतैबाट भुक्तनी हुने बताएको थियो, तर पहिलो किस्ता लिएको २ वर्ष पुग्न लाग्दा सम्मपनि दोस्रो किस्ता आउने कुनै अत्तोपत्तो छैन् । स्थानीय तहले भने प्रयाप्त बजेट र स्रोत साधनबाटै भवन निर्माण गरिने बताएको छ ।

132 total views, 1 views today