नगरपालिकाका कृषकलाई बोयर बोका बितरण

रोल्पा अनलाइन Wednesday, June 26, 2019


रोल्पा, असार ११ । रोल्पा नगरपालिकाले नगरभित्रका कृषकहरुलाई बुधबार ६३ वटा बोयर बोका बितरण गरेको छ । रोल्पा नगरपालिकाका १० वटै वडा भित्र पर्ने साबिकका वडाहरुमा एक एक वटा बोयर बोका बितरण गरिएको हो ।
उन्नत जातको ७५ प्रतिशतको बयर बोका प्रदान गरिएको हो । उक्त बयर बोका र स्थानीय जातको बाख्राबाट उत्पादन हुने पाठापाठीबाट उन्नत जातका बाख्राहरुको बृद्धि हुने रोल्पा नगरपालिकाले अपेक्षा गरेको छ । कृषि तथा पशुपालनमा कृषकहरुलाई उन्नत प्रविधि र आर्थिक रुपमा विकसित गराउने उदेश्यले ४५ लाख बजेट बिनियोजन गरिएको नगर प्रमुख पूर्ण केसीले बताउनुभयो । सोही रकमबाट करिब ४३ लाखको ढुवानी र बोयर बोका खरिद गरेर कृषकहरुलाई बितरण गरिएको नगरपालिकाको पशु शाखा प्रमुख सुनबहादुर पुनले जानकारी दिनुभयो ।
बोयर बोका बितरण गर्दै ५ नम्बर प्रदेस सभाका सदस्य दिपेन्द्र पुनले नगरपालिकाले थालेको यो अभियानलाई सबै कृषकहरुले साथ दिएमा पशुपालनको क्षेत्रमा रोल्पा नगरपालिका नमुना बन्ने बताउनुभयो । बोयर बोका बितरणका अवसरमा प्रमुख प्रशाशकीय अधिकृत सावित्रा पुन थापाले कृषकहरुलाई पशुपालनमा टेवा पुरयाउने उदेश्यले ल्याईएको यो कार्यक्रमले सही काम हुने अपेक्षा समेत गर्नुभयो । बोयर बोका बितरण कार्यक्रममा रोल्पा नगरपालिकाका नगर उपप्रमुख मनकुमारी घर्ती, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ती, रोल्पा नगरपालिकाका १० वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

113 total views, 1 views today