विद्यार्थीलाई साइबर क्राइम बारे प्रशिक्षण

रोल्पा अनलाइन Friday, June 21, 2019


रोल्पा । रोल्पा नगरपालिका–४ मेबाङस्थित रोल्पा पोलिटेक्निकल ईन्स्टिच्युटका विद्यार्थीहरुलाई प्रहरीले विहिवार लागु औषध दुव्र्यसनी र साइबर क्राइमको बारेमा जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी दिपक खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले त्यहाँ अध्यनरत बिद्यार्थी र छोटो समयका लागि बिभीन्न बिषयमा सीपमुलक तालिम लिइरहेका करिब ३ सय जनालाई सचेतनामुलक प्रशिक्षण दिएको हो । प्रशिक्षणमा बढ्दो प्रविधिको प्रयोग र यसका फाइदा, दुरुपयोग, लागु औषध दुव्र्यसनी, कानुनी प्रावधानका बारेमा जानकारी गराइएको प्रहरीले जनाएको छ ।

191 total views, 1 views today