विप्लव नेतृत्वको नेकपाका स्थानीय नेताहरु पक्राउ

रोल्पा अनलाइन Thursday, June 20, 2019


रोल्पा, असार ५ । जिल्ला प्रहरी कार्यालय रोल्पाले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ५ जना स्थानीय नेताहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले गएराती रोल्पाको माडी गाउँपालिका–२ पेदिखोलामा सुतिरहेका नेकपा गंगादेब गाउपालिका इन्चार्ज सन्दिप वली, माडी गाउँपालिका इन्चार्ज स्याम बुढा, देब बहादुर ओली ‘दिनेश’ र गणेश मगरलाई पक्राउ गरेको हो । उनीहरुलाई आजै सदरमुकाम लिबाङ ल्याइएको र भोली अदालतमा म्याद थप गरि थप अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी दिपक खड्काले जानकारी दिनुभयो ।
यस्तै लिबाङमै चिया पसल गर्दै आएका विप्लवका कार्यकर्ता देउराम सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । सुनारलाई हिरासतमा बसेका नेताहरुलाई चिया पु¥याउन गएको बेला पक्राउ गरेको हो ।

144 total views, 1 views today