त्रिवेणीमा मदिरा नियन्त्रण अभियान प्रभावकारी बन्दै

रोल्पा अनलाइन Thursday, June 20, 2019


रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा सुरु गरिएको मदिरा नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको छ ।
गाउँपालिकाले दिउसोको समयमा मदिरा विक्रि वा सेवन गर्नेलाई पहिलो पटक २ हजार ५ सय दोस्रो पटक ५ हजार र तेस्रो पटक १० हजार जरिमाना गर्ने कार्यपालिकाबाटै निर्णय गरी मदिरा नियन्त्रण अभियान सुरु गरेको हो । गाउँपालिकामा मदिराकै कारण महिला हिंसा र अन्य अपराधिक क्रियाकलाप बढ्न थालेपछि यस्तो अभियान सुरु गरिएको त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कुमारी बुढाले जानकारी दिनुभयो ।


गाउँपालिकाको यो अभियानले महिला तथा घरेलु हिंसामा कमी आएको छ । अघिल्लो वर्ष मदिरा सेवनका कारण महिला हिंसाका उजुरी न्यायिक समितिमा अत्याधिक आउने गरेकामा अहिले भने त्यस्तो उजुरी नआएको उपाध्यक्ष बुढाले बताउनुभयो ।
यद्यपि साँझको ६ देखि ९ बजेसम्म भने मदिरा विक्रि वा सेवन गर्न रोक नलगाइएको गाउँपालिकाले जनाएको छ । स्थानीय सरकारले गरेको यो निर्णयले यहाँको शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई समेत सहज भएको छ भने स्थानीय पनि हर्षित भएका छन् ।

हेर्नुहोस उपाध्यक्ष बुढासँग गरिएको कुराकानी :-

581 total views, 2 views today