बाल विबाह मूख्य चुनौति

रोल्पा अनलाइन Saturday, June 15, 2019

रोल्पा । रोल्पामा अत्याधिक मात्रामा बाल विबाह हुने गरेको पाइएको छ । हालै मात्र जिल्लाको त्रिवेणी गाउँपालिकाका सबै वडामा बालबालिकाहरुको समस्याका बारेमा गरिएको अन्तक्रिया कार्यक्रममा अत्याधिक मात्रामा बालविबाह हुने गरेको पाइएको हो ।


त्रिवेणी गाउँपालिकाको समन्वयमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले त्रिवेणी गाउँपालिकाका ७ वटै वडामा गरेको अन्तरक्रियामा वडाका सरोकारवालाहरुले मूख्य समस्या बालविबाह रहेको उल्लेख गरेका छन् ।

पत्रकार माधवकुमार ओली र भरत नेपालीको सहजीकरणमा भएको अन्तरक्रियामा जनचेतनाको कमी, अशिक्षा र गरिबीका कारण समाजमा बालविबाह मूख्य चुनौति बनेको सरोकारवालाहरुको भनाई छ । वडाका जनप्रतिनिधि, बाल संरक्षण समिति, बाल क्लव, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको सहभागिता रहेको बालबालिकाको सवाल र स्थानीय योजना निर्माणमा समावेश अन्तक्र्रियामा बालविबाहलाई न्यूनिकरण गर्न जनप्रतिनिधिहरुले जनचेतना फैलाउने, बालविबाह दर्ता नगर्ने, कानुनी कारबाहीको बारेमा समुदाय र विद्यालयमा सचेतनाका कार्यक्रम गर्ने प्रतिवद्धता गरेका छन् ।

यस्तै बाल श्रम सून्यमा झार्ने, स्थानीय योजना निर्माणमा बाल सहभागितालाई अर्थपूर्ण बनाउने, विद्यालयको पहँुच भन्दाबाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउन योजनाबद्ध रुपमा लाग्ने पनि जनप्रतिनिधिहरुले प्रतिवद्धता गरेका छन् ।

332 total views, 1 views today