‘एक स्थानीय तह, एक खेल मैदान’

रोल्पा अनलाइन Friday, June 14, 2019


रोल्पा । प्रदेश नम्बर ५ सरकारले हरेक स्थानीय तहमा खेल मैदान निर्माण गर्ने उद्देश्यले सुरु गरेको ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमले तिब्रता पाएको छ । सोही क्रममा रोल्पाका स्थानीय तहमा पनि धमाधम खेल मैदान निर्माण कार्य सुरु भएको छ । जिल्लाको एक नगरपालिका र ९ गाउँपालिकामा नै खेल मैदान निर्माण कार्य सुरु भएको हो । प्रदेश सरकारको ३६ लाख बजेटबाट खेल मैदान निर्माण कार्य सुरु भएपछि जिल्लाको त्रिवेणी गाउँपालिकाका स्थानीय हर्षित भएका छन् । यसअघि गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन गर्न समेत मैदान अभाव रहेकोमा अबभने सहज वातावरणमा प्रतियोगिता सञ्चालन गर्न सकिने त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले बताउनुभयो ।
पहाडी जिल्ला मैदान अभावका कारण धेरैजसो भलिबल खेल मात्र हुने गरेकोमा अबदेखि फूटबल, क्रिकेट जस्ता खेल पनि सहजै रुपमा खेल्न सकिने भएको छ । प्रयाप्त खेल मैदान नहुदा खास्सै विकास हुन नसकेको यहाँको खेल क्षेत्रको विकासमा प्रदेश सरकारको यो योजना कोसेढुङ्गा साबित हुने खेलक्षेत्रका जानकारहरुको विश्लेषण छ ।

402 total views, 1 views today