१ लाख घुससहित सवइञ्जिनियर पक्राउ

रोल्पा अनलाइन Friday, June 7, 2019


रोल्पा, जेठ २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज रोल्पाको माडी लुङ्ग्री करिडोर सिंचाई आयोजनाका सव इन्जिनियर तारा श्रेष्ठलाई १ लाख घुस रकम सहित कार्यालयबाट रङ्गेहात पक्राउ गरेको छ ।
सव इन्जिनियर श्रेष्ठले उपभोक्ता समितिबाट योजनाको अन्तिम बिल भुक्तानी गर्दा घुस मागेको गुनासोका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटेको टोलीले छापामार्दा कार्यालयबाट रङ्गेहात पक्राउ परेका हुन् । घुससहित नियन्त्रणमा लिइएका श्रेष्ठमाथि थप अनुसन्धान अगाडी बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं. ५ वुटवलका सुचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।

482 total views, 4 views today