पहिरोले पुर्दा किलाचौरमा एक जनाको मृत्यु

रोल्पा अनलाइन Saturday, June 1, 2019


रोल्पा, जेठ १८ । वर्षासँगै आएको पहिरोले पुरेर रोल्पाको लुङ्ग्रीमा आज एक जनाको ज्यान गएको छ ।
घर नजिकै माथिबाट पहिरो खस्दा भाग्नेक्रममा लुङ्ग्री गाउँपालिका–५ किलाचौरकी ५० वर्षीया गौमाला रोकाको ज्यान गएको लुङ्ग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र समेत रहेको किलाचौरमा यस वर्ष खनिएको नयाँ सडकका कारण गएको पहिरोले गाउँपालिकाको कार्यालय र स्थानीय केहि व्यक्तिको घर जोखिममा परेका छन् ।

1,429 total views, 1 views today