दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सहयोग

रोल्पा अनलाइन Friday, May 31, 2019


रोल्पा । सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले शुक्रवार रोल्पा नगरपालिका–१ का १८ जना विद्यार्थीहरुलाई शैक्षिक सहयोग गरेको छ ।
वडाभित्र रहेका ६ वटा विद्यालयमा अध्ययनरत विपन्न, दलित तथा अभिभावक विहिनगरी ३ जनाका दरले १८ विद्यार्थीहरुलाई वडाध्यक्ष राजन कवरले वडा कार्यालय बामरुकमा शैक्षिक सामग्री वितरण गर्नुभएको बताइएको छ ।

सन २०१९ मा जिल्लाका ४ सय ५० जनालाई करिब चार हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत वितरण गरिएको हुरेकको हामी सिक्न सक्छौं कार्यक्रमका सामाजिक परिचालक सामना आचार्यले जानकारी दिनुभयो ।

 343 total views,  1 views today