लछुमन विक/कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार मगरलाई

रोल्पा अनलाइन Tuesday, May 28, 2019

रोल्पा । लछुमन विक/कृष्ण सेन इच्छुक स्मृती पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका रोल्पा समाचारदाता एवम् सनस्टार साप्ताहिकका सम्पादक नवीनलोचन मगरलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिंह विकले आफ्ना बुवा लछुमन विकको स्मृतिमा स्थापना गर्नु भएको सो पुरस्कार सोमवार कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा पत्रकार मगरलाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ रोल्पाको आयोजनामा भएको सो पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर वुढाले पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख पुर्ण केसी, पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम डाँगी लगायतको आतिथ्यता रहेको थियो ।
सो पुरस्कार वितरण कार्यक्रम पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा भएको थियो ।

 368 total views,  1 views today