वडासदस्य सिंहद्धारा विद्यालयलाई सेनेटरी प्याड वितरण

रोल्पा अनलाइन Friday, May 24, 2019


रोल्पा । सुनिल स्मृति गाउँपालिका–२ की वडा सदस्य पुनम सिंहले वडाभित्र रहेका विद्यालयमा अध्ययन गर्ने छात्रा र शिक्षिकाहरुका लागि निःशुल्क प्याड वितरण गर्नुभएको छ । विद्यालयमा अध्ययन र अध्यापनका क्रममा समस्या नहोस भन्ने उद्देश्यले वडाभित्र रहेका २ आधारभूत र २ माध्यामिक तहका विद्यालयमा २० हजारको सेनेटरी प्याड वितरण गर्नुभएको हो ।


हालै मात्र सुनिल स्मृति गाउँपालिका–२ खुंग्रीमा आयोजित अतिरिक्त क्रियाकलाप तथा शैक्षिक मेलामा वडासदस्य सिंहले उक्त सेनेटरी प्याड विद्यालयलाई हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा वडाका ८ ओटा सामुदायिक विद्यालयहरुले सहभागिता थियो । मेलाको अवसरमा कक्षा एक स्तरीय अनुलेखन प्रतियोगिता, कक्षा दुई स्तरीय हुतिलेखन प्रतियोगिता, कक्षा तीन स्तरीय स्वतन्त्र लेखन प्रतियोगिता, बालबालिकाको सिकाई उपलब्धि राम्रो बनाउने अभिभावकको भूमिका विषय बक्तित्वकला प्रतियोगिता, नेपाली विषयगत सिकाई राम्रो बनाउने शीर्षकमा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको थियो । कक्षा एकदेखि कक्षा तीनसम्मका विद्यार्थीहरुलाई विभिन्न प्रतियोगितामा विजय टिम वा व्यक्तिलाई क्रियाकलापमा प्रस्तिपर्धा पुस्कार वितरण गरिएको थियो । साथै मेलामा शैक्षिक सामग्री प्रर्दशनी प्रतियागितामा त्रिपुश्वरी माध्यमिक विद्यालय खुंग्री, द्वितीय रामज्योती प्राथमिक विद्यालय खलसिङ्गे, तृतिय ज्योती प्रकाश माध्यमिक विद्यालय हरिगाउँ विजय भएका थिए । सेभ द् चिल्ड्रनको आर्थिक सहयोग मानव अधिकार अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको साझेदारीमा सञ्चालन ‘हामी सिक्न सक्छौं’ कार्यक्रम अन्तर्गत शैक्षिक मेला सम्पन्न भएको हो । सुनिल स्मृति गाउँपालिका–२ वडा अध्यक्ष नेत्रबहादुर गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 365 total views,  1 views today