पर्यटकको पर्खाइमा शिवगुफा

रोल्पा अनलाइन Wednesday, May 22, 2019


रोल्पा । पर्यटकीय सम्भावनाबोकेको रोल्पाको त्रिवेणी गाउँपालिकामा रहेको शिवगुफाप्रचारप्रसारको अभावमाओझेलमा परेको छ ।
त्रिवेणीगाउँपालिका ५ पनहुभिरमा रहेको शिवगुफाभित्रविभिन्नआकृतिहरु देख्न पाइन्छ । तर आवश्यकपूर्वाधारको अभावमापर्यटन विकास हुननसक्दाओझेलमा पर्दै आएको छ । वि सं. २०२२ सालमा स्थानीयइन्द्रलालखत्रीले गोठालो गएको बेला देखेपछि यो गुफापत्तालागेको थियो । २ सय मिटर लम्बाई ५० मिटर उचाई र १० मिटर चौडाई रहेको यस गुफाभित्रशिव, पार्वती जस्तो देखिने मूर्ति, विभिन्नआकर्षक आकृतिहरु देख्न सकिन्छ । करिब २ हजार मिटर उचाईमा रहेको सो गुफाभित्रगाई भैसीको थुन जस्ता आकृतिबाट पानीचुहिने गर्दछ ।


पछिल्लो समय त्रिवेणी गाउँपालिकाले पर्यटन विकासकालागिशिवगुफाको पुर्वाधार विकास गरी प्रचार प्रसार गर्ने बताएको छ । जिल्लाकै एउटा सम्भावनाबोकेको शिवगुफालाई पर्यटकीय क्षेत्रको रुपमाविकास गर्न योजनानिर्माण गरिने गाउँपालिकाअध्यक्षशान्तकुमार ओलीले बताउनुभयो । ‘गुफा नजिकै मन्दिरसम्म विद्युत पु¥याएका छौं’ अध्यक्ष ओलीले भन्नुभयो ‘अब छिटै गुफाभित्र विद्युत जडान गरी उज्यालोको प्रबन्ध मिलाइन्छ ।’ साथै गुफाको प्रवद्र्धनका लागि प्रदेश र संघिय सरकारसँग पनि पहल भएको उहाँको भनाई छ ।
प्रदेश नम्बर ५ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गुफासम्मपुग्नकालागि सिढि र रेलिङ निर्माण गरेको छ भने शौचालय पनि निर्माण भइरहेको छ । प्रदेश सरकारको १५ लाख बजेटले गुफामापहिलो पटक संरक्षण तथा प्रवद्र्धनको काम भएको हो । यो सँगै वनकार्यालयले प्राकृतिक रुपमा असर नपर्नेगरी मौलिकतालाई जोगाउनपुर्वाधार विकास गर्ने डिभिजन वनकार्यालय रोल्पाकाप्रमुखदधि कँडेलले बताउनुभयो । ‘प्रदेश सरकारको बजेटले केहि प्रवद्र्धनको काम भएको छ’ कँडेलले भन्नुभयो ‘चाडै नै चोयाँको बोट रोप्ने लगायतका काम गर्ने योजना रहेको छ ।’
सन्ताननभएकादम्पत्तिहरु गुफामागई बर मागेमा सन्तानहुने समेत जनविश्वास रहेको छ । जन विस्वासकै कारण सन्तानमाग्नेहरु शिवरात्रीको दिनआउने गरेकाशिवगुफा संरक्षण समितिकाअध्यक्षभक्तबीर डाँगीले बताउनुभयो ।
सन २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको सरकारले यस्ता क्षेत्रको पहिचानगरि यसको प्रवद्र्धनमाजोड दिनआवश्यक छ । यस्ता क्षेत्रको विकासमा स्थानीय,प्रदेश र केन्द्रीयसरकारले ध्यानदिन जरुरी छ ।प्रयाप्तपूर्वाधार विकास हुननसक्दाओझेलमा परेको शिवगुफाको विकास गर्न सकेमा प्रसस्त आन्तरिक तथाबाह्यपर्यटक भित्राउन सकिने देखिन्छ ।

 914 total views,  1 views today