नेकपा रोल्पा इन्चार्जसहित ३ नेता पक्राउ

रोल्पा अनलाइन Thursday, May 16, 2019


रोल्पा, जेठ २ । जिल्ला प्रहरी कार्यालय रोल्पाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रोल्पाका इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’ लुंग्री गाउँपालिकाका इन्चार्ज धनबहादुर खत्री ‘टाइगर’ र सोही गाउँपालिकाकै सेक्रेटरी भुपेन्द्र खड्कालाई लुंग्री गाउँपालिका–१ ऐपेबाट आज आज पक्राउ गरेको छ ।
कार्यकर्ता भेटघाट कार्यक्रम गर्दैगर्दा सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले कार्यक्रम स्थलबाटै पक्राउ गरेको नेकपा स्रोतले जनाएको छ । पक्राउ परेका नेताहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखिएको बताइएको छ ।

327 total views, 3 views today