दोश्रो मेयर कपको तयारी

रोल्पा अनलाइन Thursday, May 16, 2019

रोल्पा । रोल्पा नगरपालिकाले दोश्रो मेयरकपको लागि बृहत तयारी थालेको छ । नगर उपप्रमुख मनकुमारी घर्तीको अध्यक्षतामा बसेको बैठकले विभिन्न तयारी उपसमितिहरु गठन गरेको छ । नवराज आचार्यको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति गठन गरेको छ । उपसमितिमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रतिनिधि, यामबहादुर गुरुङ सदस्य रहेका छन् । महेन्द्र पराजुलीको संयोजकत्वमा पप्पु गुरुङ सदस्य रहने गरी सचिवालय उपसमिति, जगबहादुर नेपालीको संयोजकत्वमा दिपिन थापा र लोकेन्द्र सेन रहने गरी डेमोष्ट्रेशन उपसमिति, बिपिन कुँवरको संयोजकत्वमा ओम केसी सदस्य रहने गरी पुरस्कार एवं सामाग्री ब्यवस्थापन उपसमिति, हिमाल डिसीको संयोजकत्वमा ओम केसी, निर्मल राना, बिरबहादुर कँवर, खिमविक्रम केसी, पृथ्वी डाँगी सदस्य रहने गरी खेम संचालन उपसमिति, जगबहादुर नेपालीको संयोजकत्वमा दिपिन थापा, लोकेन्द्र सेन सदस्य रहने गरी संस्कृति कार्यक्रम तथा डेमोष्ट्रेशन उपसमिति, मोलङ घर्तीको संयोजकत्वमा पदम केसी सदस्य रहने गरी खेलाडी संयोजन उपसमिति, वेदुराम आचार्यको संयोजकत्वमा सोरो बुढामगर सदस्य रहेको पुरस्कार तथा आर्थिक ब्यवस्थापन उपसमिति, नवराज रोकाक्षेत्रीको संयोजकत्वमा बिपिन कुवर र देवी गुरुङ सदस्य रहने गरी पत्राचार एवं अन्तर गाउँपालिका समन्वय उपसमिति, देवी गुरुङको संयोजकत्वमा माधव कुमार ओली र रेशम बिक सदस्य रहेको प्रचार प्रसार उपसमिति, नवराज आचार्यको संयोजकत्वमा चुडामणी भण्डारी र ओम केसी सदस्य रहेको अतिथि सत्कार उपसमिति, देवी गुरुङको संयोजत्वमा उदघाटन तथा समापन समारोह उपसमिति, ओम केसीको संयोजकत्वमा निर्मल राना र बिरबहादुर कँवर रहेको मंच तथा फिल्ड निमार्ण उपसमिति गठन गरेको छ ।

दोश्रो मेयर कपको तयारीका लागि भन्दै जेठ ४ गते माडीचौरको रंगशालामा फुटबल र क्रिकेटको छनौट खेल हुने भएको छ भने रोल्पा नगरपालिकाको खेल मैदानमा भलिबलको खेल छनौट हुने भएको छ ।

जेठ १० देखी १५ गते सम्म आयोजित दोश्रो मेयर कपको लागि रोल्पा नगरपालिकाका ९ वटा गाउँपालिकाहरुसँग समन्वय भईरहेको आयोजकले बताएको छ । महिला तथा पुरुष भलिबल , पुरुष फुटबल र क्रिकेट प्रतियोगिताका लागि पुरस्कार राशी समेत सार्वजनिक भईसकेका छन् । जस्मा प्रथम हुनेले ८० हजार, कप,मेडर र प्रमाण पत्र, दोश्रो हुनेले ६० हजार कप, मेडल र प्रमाण पत्र, तेश्रो हुनेले ४० हजार कप, मेडल र प्रमाणपत्र आदी प्राप्त गर्नेछन भने बेष्ट प्लेयरले समेत पुरस्कार प्राप्त गर्ने नगर प्रेस संयोजक देवी गुरुङले जानकारी दिनुभयो ।

335 total views, 1 views today