युद्ध पर्यटकीय क्षेत्र बनाइदैं

रोल्पा अनलाइन Monday, May 13, 2019


रोल्पा । १० वर्षे सशस्त्र द्वन्द्वको समयमा गुरिल्ला तालिम केन्द्रको रुपमा प्रयोग भएका रोल्पाका विभिन्न स्थानलाई युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने भएको छ ।
नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन पर्यटकीय गन्तव्यका रुपमा रोल्पा नगरपालिकाले वडा नं. १० को घामतारा, भनभने र वडा नं. ६ को दारबोट बुक्सिङ थलामा रहेको गुरिल्ला तालिम केन्द्रलाई युद्ध पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने भएको हो । समुन्द्री सतहबाट करिब ३५ सय मिटरको उचाइमा रहेको जलजलाको धरमपानीमा हालै बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाको पर्यटन क्षेत्रको विकासका लागि जलजलासँग सीमा जोडिएका थबाङ, सुनछहरी र परिवर्तन गाउँपालिकासँग सहकार्य गरी पर्यटकिय क्षेत्रको पूर्वाधार विकास गर्ने निर्णय गरेको छ । धार्मिक, सांस्कृतिक र युद्ध पर्यटनलाई विशेष प्राथमिकता दिएर योजना निर्माण गरिरहेको रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले बताउनुभयो । गुरिल्ला तालिम केन्द्रमा पर्यटकहरु पदयात्रामा जान र खुम्नका लागि पूर्वाधार विकास गरिने नगर प्रमुख केसीको भनाई छ ।

241 total views, 1 views today