बृद्धबृद्धालाई तिर्थ यात्रा गराउदैं वडाध्यक्ष

रोल्पा अनलाइन Monday, May 13, 2019


रोल्पा । रोल्पाको गंगादेब गाउँपालिका–३ का वडाध्यक्ष जलेश कुमार केसीले वडाभित्रका बृद्धबृद्धालाई तिर्थ यात्रा गराउनुभएको छ । ७५ बर्ष पुगेका ३८ जना बृद्धबृद्धालाई स्याहार गर्ने परिवारका सदस्य सहित देवघाट, लुम्बिनी, स्वर्गद्वारी घुमाइएको हो । यस्तै उहाँहरुलाई भैरहवाको अष्ट्रिज फर्म हेर्न चाहेकाले उक्त फर्मको समेत अवलोकन गराइएको वडाध्यक्ष केसीले जानकारी दिनुभयो ।


आर्थिक ववर्ष २०७५÷७६ योजना अनुसार बृद्धबृद्धाको मागलाई सम्बोधन गर्न वडा कार्यालयबाट करिब ३ लाख छुट्याएर ४ दिनसम्मको तिर्थ यात्रा गराइएको बताइएको छ ।


केसीले यस अघि वडालाइ एकै प्रकारको हरियो रङ लगाएरु जिल्लाकै पहिलो हरित वडा र पूर्ण सरसफाइ उन्मुख वडा घोषना गर्नुभएको थियो ।

182 total views, 2 views today