विश्वकर्मामाथि ढुङ्गा प्रहार गर्ने सहमतिमा छुटे

रोल्पा अनलाइन Sunday, May 12, 2019


रोल्पा । नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष एवं संयुक्त दलित जनअधिकार मञ्च रोल्पाका सचिव मानसिंह विश्वकर्मामाथि ढुङ्गा प्रहार गर्ने माडी गाउँपालिका वडा नं. ४ का निमबहादुर परियारलाई आगामी दिनमा गल्ती नगर्ने सहमतिमा शनिवार छोडिएको छ ।
बैशाख २६ गतेको घटनाप्रति संयुक्त दलित जनअधिकार मञ्च रोल्पा, नेपाल पत्रकार महासंघ रोल्पा, इन्सेक, प्रेस सेन्टर, प्रेस युनियन रोल्पा, प्रगशील पत्रकार मञ्च, विभिन्न सञ्चार माध्यमले विरोध जनाएका थिए । ३१ वर्षिय निमबहादुर परियारलाई जिल्ला प्रहरी कार्यालयमा लिई जाँच बुझ गर्दा आफूले कमजोरी गरेको स्वीकार गर्दै आगामी दिनमा त्यस्ता काम नगर्ने प्रतिवद्धता व्यक्त गरेपछि दलित सञ्चाल माडी ४ तालाबाङका अध्यक्ष कुलबहादुर विश्वकर्मालाको जिम्मेवारीमा उनलाई छोडिएको छ । पीडित विश्वकर्माले आगामी दिनमा त्यस्ता प्रकारका घटना हुन नदिनका लागि सबैबाट आश्वान गरे । साथै अभियानमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
विश्वकर्माले समाजिक क्षेत्रमा काम गर्दा आउने बाधा अवरोधहरुलाई पनि पन्छाएर अगाडि बढिरहने प्रतिवद्धता जाहेर गर्दै उत्पीडित वर्ग, समुदायको पक्षमा निरन्तर लागि रहने समेत बताएका छन् ।

180 total views, 6 views today