दोश्रो मेयर कप आगामी १० जेठदेखि

रोल्पा अनलाइन Sunday, May 5, 2019


रोल्पा । रोल्पा नगरपालिकाले दोश्रो मेयर कप जेठ १० गतेदेखी १५ गते सम्म गर्ने भएको छ । नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा बसेको बैठकले नगर उपप्रमुख मनकुमारी घर्तीको संयोजकत्वमा एक मुल समिति गठन गरेको हो ।
जसमा सदस्य सचिव महेन्द्र पराजुली, अन्य सदस्यहरुमा हिमाल डिसी, निर्मल रानामगर, ओम केसी, बेगम हमाल, मोलङ घर्ती, यामबहादुर गुरुङ, जगबहादुर नेपाली, ओम सेन लगायत रहनुभएको छ । बैठकले २०७६ को दोश्रो मेयर कपलाई भब्य र सब्य बनाउनका लागि संचार माध्यमहरुबाट प्रचार प्रसार गर्ने सबै स्थानीय तहहरुलाई मेयर कपमा आमन्त्रण गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख पुर्ण केसी, उपप्रमुख मनकुमारी घर्ती, प्रमुख प्रशाशकीय अधिकृत सावित्रा पुन थापा, अन्य सरोकारवालाहरुको उपस्थितिमा बैठक सम्पन्न भएको प्रेस संयोजक देवी गुरुङले जानकारी दिनुभयो ।

105 total views, 3 views today