मुख्यमन्त्रीलाई लक्षित गरी शृङ्खलाबद्ध बम विष्फोट

रोल्पा अनलाइन Tuesday, April 30, 2019


रोल्पा, बैशाख १७ । प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गरी रोल्पामा शृङ्खलाबद्ध बम विष्फोट गराइएको छ ।
विभिन्न कार्यक्रममा सहभागि हुन रोल्पा आएका मुख्यमन्त्री पोख्रेललाई लक्षित गरी मंगलवार रोल्पाको त्रिवेणी गाउँपालिकाको तिला बजार नजिकै बम विष्फोट गराइएको हो । सडक नजिकै जंगलमा बम विस्फोट भएको मुख्यमन्त्रीसँगै रहेका प्रदेश सांसद् दिपेन्द्रकुमार पुनले जानकारी दिनुभयो । सदरमुकाम लिबाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने नेकपाको आमसभामा सहभागी हुन मुख्यमन्त्री पोख्रेल त्यसतर्फ जान लाग्नुभएको हो ।
सोमबार पनि मुख्यमन्त्री पोख्रेललाई लक्षित गरी सदरमुकाम लिबाङ नजिकै तित्रीकोटमा बम विस्फोट भएको थियो । घटनाको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिइसकेको छ ।

यसैबीच रोल्पाको माडीचौर भएको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले विप्लव समूहलाई चन्दा आतंक र हिंसाबाट सत्ता प्राप्त गर्न सम्भव नभएको भन्दै मुलधारको राजनीतिमा आउन आग्रह गर्नुभयो ।

260 total views, 2 views today