राष्ट्रिय कविता प्रतियोगिता: खोटाङका कवि संग्राम भए प्रथम

रोल्पा अनलाइन Monday, April 29, 2019


रोल्पा, बैशाख १६ । रोल्पामा जारी गुराँस साहित्य मेलामा राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा खोटाङका कवि मोहन पोख्रेल ‘संग्राम’ प्रथम हुनुभएको छ । यस्तै धनगढीका कवि मोहित जोसी दोस्रो, सिन्धुपाल्चोकका कवि पवन ढुङ्गाना तृतीय हुनुभएको छ भने सिन्धुपाल्चोककै कवि सुन्दर सिरिश र नुवाकोटकी कवि गिता पुडासैनी सान्त्वना हुनु भएको छ । झोला भित्र देश शिर्षकको कविता प्रथम भएको हो भने औंलाको शहरमा शिर्षकको कविता दोस्रो, म नै सर्वहारा शिर्षकको कविता तृतिय, अक्षरको समाज सास्त्र र म रोल्पा शिर्षकको कविता सान्त्वना भएका हुन् । जम्मा एक सय ८७ वटा कविता मध्ये उत्कृष्ट १० कवितालाई मात्र प्रतियोगितामा समावेश गरिएको थियो ।
पुरस्कारको राशी प्रथम, दोस्रो, तृतीय र सान्त्वनालाई क्रमशः ४०, ३०, २० र १०÷१० हजार रहेको छ । साहित्य मार्फत पर्यटनको विकास गर्ने उद्देश्यले रोल्पा नगरपालिकाको आयोजनामा आइतवारदेखि सदरमुकाम लिबाङमा सुरु भएको रोल्पा गुराँस साहित्य मेला भोलीसम्म चल्ने भएको छ । गुराँस साहित्य मेलामा दोस्रो राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ भने जलजला पदयात्रा, विभिन्न साहित्यीक बहस र गुराँससँग साहित्य लगायतका सत्रहरी जारी रहेको छन् ।

302 total views, 1 views today