गाउँ गाउँमा खुले बैंक

रोल्पा अनलाइन Wednesday, April 24, 2019


रोल्पा । रोल्पाका सबैजसो स्थानीय तहहरुमा बैंक खुलेपछि स्थानीयलाई बैंकिङ कारोबार गर्न सहज भएको छ ।
सरकारले एक स्थानीय तह, एक क वर्गको बैंक अनिवार्य जान निर्देशन गरेपछि जिल्लाका १० बटै स्थानीय तहमा क वर्गका वाणिज्य बैंकहरु खुलेका हुन् । यसअघि बैंकिङ सेवाका लागि सदरमुकाम लिबाङ तथा दाङ झर्नुपर्ने भएता पनि अहिले गाउँमै बैंक आएपछि घरदैलोबाटै बैंकिङ सेवा लिन पाउँदा स्थानीय खुसी भएको जनता बैंक थबाङका अप्रेसन मेनेजर बिष्णु राउतले बताउनुभयो ।
थबाङमा अहिले करिब १ हजार २ सय भन्दाबढी आफ्ना ग्राहक रहेको मेनेजर राउतको भनाई छ ।

 508 total views,  1 views today