नेकपाका केन्द्रीय सदस्य आदर्शसहति ३ जना पक्राउ

रोल्पा अनलाइन Saturday, April 20, 2019


रोल्पा । सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु चुडामणी ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई प्रहरीले पक्राउ गरेको छ ।
तुलसीपुरबाट शुक्रवार विहानै सल्यानतर्फ जान लागेका उनीहरुलाई दाङको तुलसीपुर उपमनपा–३ राम्री भन्ने ठाउँबाट बा १८ च ३१४२ नम्बरको स्कार्पियो गाडीसहित पक्राउ गरिएको हो । यस्तै सो पार्टीकै रोल्पा जिल्ला सदस्य लालबहादुर ओली ‘विश्व’लाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको बताइएको छ ।

318 total views, 1 views today